नेपाली कांग्रेस म्याग्दीले जिल्लाका भिविन्न स्थानमा बाढी पहिरोबाट घरबार बिहिन भएका ७० घरपरिवारलाई आर्थिक सहयोग गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिले पूर्व सहसभापती नेत्र बहादुर महतको संयोजकत्वमा उप समिति गठन गरेर जिल्लामा परेको विपतमा सहयोग गर्दै आएको छ । संयोजक महतका अनुसार बेनी नगरपालिका, मंगला गाउँपालिका र मालिका गाउँपालिकाका भिविन्न समयमा आएको बर्षा र बाढी पहिरोबाट घरबार बिहिन भएका ७० घरपरिवारलाई आर्थीक र खाद्यान्न सहयोग गरिएको छ ।तिन स्थानीय तहका ७० परिवारलाई २ हजार पाँच सय नगद र खाद्यान्न सहयोग गरिएको उप समितिका कोषाध्यक्ष हिरा पुनले जानकारी दिनुभयो । पुनका अनुसार १ लाख ७५ हजार बारबारको सहयोग गरिएको छ । जिल्लामा पिडितलाई राहत वितरणमा प्रभावकारी र पिडितलाई केही भएपनि राहत मिलोस भनेर जिल्ला कार्यसमितिको बैठक बसेर उप समिति गठन गरिएको सभापती खमबहादुर गर्बुजा खम्बीरले जानकारी दिनुभयो । उहाँका अनुसार सहयोग गर्दा प्रभावकारी र निपक्ष बनाउन राहत वितरणको पुरै जिम्मेवारी उप समितिलाई दिईएको छ । कुनै पनि स्थानमा विपत भएको ठाउँमा नै पुगरे मुल्याङन गरेर सहयोग गर्ने गरिएको छ । रघुगंगा,अन्नपूर्ण र धौलागिरीमा पनी एक दुई दिनमा पुगेर राहत वितरण गरिने कोषाध्यक्ष पुनले बताउनुभयो । कांग्रेसले सञ्चालन गरेको यो अभियानमा जोडिन र सहयोग गर्न नेपाली काँग्रेस म्याग्दीले अपिल समेत गरेको छ । पहिलो चरणमा जिल्ला कार्यसमितिले नै दुई लाख भन्दा बढी आर्थिक संकलन गरेर कोषमा जम्मा गरेको थियो ।

Leave a Reply