नेपालमा हरेक चाडपर्वलाई लक्षित गरेर विभिन्न किसिमका गीत सङ्गीतको निर्माण हुने गरेको छ । सङ्गीत बिनाका कुनै पनि पर्व हुदैनन र छैनन् पनि । यस्तै महिलाहरूको पवित्र पर्व हरितालिका तिज आउन करिब एक महिना बाकी रहेको छ । यही पर्वलाई लक्षित गर्दै दैनिक नयाँ नयाँ गीत सङ्गीतहरू बजारमा आई रहेका छन् ।

तिजमा माइत आउँदा आफूले घर देशमा पाएको दुख पिडालाई गीत मार्फत अभिव्यक्त गर्ने संस्कार तथा प्रचलन यस पर्वले बोकेको छ । तर पछिल्लो समय तिज लाई रत्यौलीले गाजी रहेको छ । तिज र रत्यौली बिच निकै ठुलो बहस चलिरहेका बेला मौलिक तीज गीत ‘स्यानी’ Baba Entertainment Tv च्यानलबाट सार्वजनिक भएको छ ।

विक्रम परियार र अमृता श्रीपालको स्वरमा सजिएको स्यानीका शब्द शरद पाण्डेले लेखेका हुन् भने प्रेम सापकोटा ‘सोनु’ ले सङ्गीत भरेका छन् । आफ्नो स्यानीलाई अत्यधिक माया गर्ने स्यानेले स्यानीको नृत्य कौसलताको र रूपको बयान गीतमा गरेका छन् । पछिल्लो समय तीज गीतमा विकृति आउन थालेको भन्ने चर्चा चलिरहँदा यो गीतमा भने अश्लीलताको प्रयोग गरिएको छैन ।

आफ्नो प्रेमीको जितको लागी हार पनि स्विकार्नु पर्ने सन्देश गीतले दिएको छ । मरक्क कम्मर मर्काएर नाच्न खप्पिस स्याने र स्यानीको चरित्रमा अर्जुन सापकोटा, विमल अधिकारी, रविना भण्डारी, सन्ध्या सानुलाई प्रवीण थापाले आफ्नो कोरियोग्राफी तथा निर्देशन मार्फत नचाएका छन् ।सुजन कोइरालाले सम्पादन गरेको भिडियोलाई वीरेन्द्र भट्टले खिचेका हुन । नवराज भट्टराई र तिलु शर्मा पौडेलले मिलेर स्यानीको निर्माण गरेका हुन ।

til

Leave a Reply