सामान्यतयाः लामो समयसम्म एउटै स्थानमा बसेर काम गर्दा मोटोपन बढ्ने आम धारणा छ । तर, वैज्ञानिकहरुले एउटै कुर्सीमा वा एउटै स्थानमा बसेर काम गर्दा शारीरिक समस्या त आउँछ नै मानसिक समस्या पनि आउने बताएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो समय धेरै मानिसहरु एउटै ठाउँमा बस्ने, एकै ठाउँमा बसेर काम गर्ने, एउटै कुर्सी वा विस्तारामा बसेर काम गर्ने गरेका छन् । जसले धेरै मानिसमा शारीरिक समस्या आउन थालेको छ ।

इंग्ल्याण्डको हडर्सफिल्ड युनिभर्सिटीले गरेको अनुसन्धानमा संलग्न अनुसन्धानकर्ताले लकडाउनको समयमा घरबाट एउटै स्थानमा ८ घण्टाभन्दा बढी बसेर काम गर्दा मानसिक समस्या पनि आउँछ । हप्ताभरी १५० मिनेट व्यायाम गर्ने मानिसहरुको दिमागमा पनि नराम्रो असर पर्ने अनुसन्धानमा खुलेको छ ।

वैज्ञानिकले लामो समयसम्म एकै स्थानमा बसेर काम गर्दा धेरै व्यायाम गर्नुपर्ने बताएका छन् ।

अनुसन्धानकर्ता डा. लियान जेवेडोले भनेका छन्, ‘हामीले एउटै स्थानमा लामो समयसम्म काम गर्ने ३०० जनामाथि अध्ययन गरेका थियौँ । जसमा ५० प्रतिशत मानिसहरु ८ घण्टाभन्दा बढी काम गर्ने गर्थे । एक जना व्यक्तिले कम्तिमा ३० मिनेट भन्दा बढी व्यायाम गर्न आवश्यक छ । वर्कआउटका लागि १ घण्टा लामो एक्सरसाइज गर्नुपर्छ ।’

डा. लियानले एउटै स्थानमा बसेर लामो समय काम गर्दा स्वास्थ्यमा नकारात्मक असर पार्ने बताएका छन् । उनले लामो समयसम्म एउटै ठाउँमा वा एउटै कुर्सीमा बसेर काम गर्नुभन्दा छिनछिनमा उठ्ने र स्थान बदल्ने गर्नुपर्छ । मानसिक स्वास्थ्यलाई सुधार गर्न गार्डनिङ जस्ता क्रियाकलाप गर्नुपर्छ । यसले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।

Leave a Reply