म्याग्दीको सदरमुकाम बेनीबाट संचालित उज्यालो वैकल्पिक विद्यालयबाट २०७७ को एसईई परिक्षामा सहभागि भएर उत्तिर्ण हुने आमाहरुलाई विद्यालयले सम्मान गरेको छ । विद्यालयका संचालन समितिले एसईई उतिर्ण ९ जना आमाहरुलाई सम्मान गरेको हो । पढ्ने धोकालाई उमेर छेक्दैन भन्ने उदाहरण एसर्ईई परिक्षामा सहभागि भएर उतिर्ण र्गे आमाहरुले पुष्टि गरेका छन् ।

घास दाउँरा र भान्सामा विताएर शिक्षा के हो भनेर थाहा नपाएका आमाहरुले उज्यालो बैकल्पीक विद्यालयबाट नेपालीअक्षरसंगै, अगे्रजी लेख्ने पढ्ने अवसरसंगै यहाँसम्मको सफलता पाउदाको खुशी अनुहारमा प्रष्ट देखिएको थियो । ईच्छाशक्तिले गर्दा हाम्रो पढ्ने धोकोलाई पुरा गर्न सफल भएको उज्यालो बैकल्पिक बिद्यालयमा एसईई उतिर्ण गरेकी ६० बर्षिय भुलुमाया  तिलिजाले बताईन । बाल्यकालको पढ्ने रहर र पर्ढाई कस्तो हुने रहेछ भन्ने अनुभव बुढेसकालमा बुझ्ने अवसर पाउदाँ खुशि लागेको बताईन।

२०७७को एसईईमा सहभागि भएर उतिर्ण हुनेल आमाहरुले २.४० देखि २.६० जिपिए लिएर उतिर्ण गरेका छन् । एसईई उतिर्ण हुने ६० बर्षिय भुलमाया तिलिजा, ५५ बर्षिय लालकुमारी सापकोटा, ४८ बर्षिय भुलकुमारी तिलिजा, ३७ बर्षिय सविना नेपाली, ३६ बर्षिय तिर्सना भण्डारी, ३० बर्षिय रेणु विक, २८ बर्षिय पुष्पा शाही, २५ बर्षिय सलिना विक, २४ बर्षिय ललिता तिलिजा उतिर्ण भएका थिए ।

एसइई उतिर्ण हुने आमाहरुलाई गण्डकी प्रदेश पुर्व मन्त्री नरदेवी पुनले सम्मान गर्दै पढाईलाई निरन्तरता दिन आग्रह गरेकी थिईन । सांसद पुनले क्षमता अनुसार साधारण वा प्राविधिक शिक्षा लिएर रोजगारी सिर्जनामा लाग्न आग्रह गरिन । उनले राजनीति, प्रशासनिक, उधमी लगायतको क्षेत्रमा पढाईको ठुलो महत्व रहेको बताउदै आगामी दिनमा उच्च शिक्षाको पढाईलाई निरन्तरता दिन आग्रह गरेकी थिईन ।

विभिन्न कारणले पढ्ने धोको पुरा नभएर बसेका आमाहरुलाई पढ्ने वातावरण उज्यालो वैकल्पीक विद्यालयले पुरा गरेको बताउदै विद्यालयलाई स्थापनाकालदेखि यहाँसम्म पु¥याउन सहयोग गर्ने गण्डकी प्रदेशकी पुर्व मन्त्री पुन, संचालक समितिका सदस्य, शिक्षक, सहयोग दातालाई विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार केसीले धन्यवाद दिएका थिए ।

विभिन्न कारणले पढ्न नसकेका आमाहरुका लागि बेनीमा २०७३ देखि उज्यालो विद्यालय स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष राजेश शाक्यले बताए । एसईई दिने यो पहिलो समुह हो । औपचारिक शिक्षाबाट वञ्चित दिदिबहिनीले उज्यालो वैकल्पिक विद्यालयमा आएर अध्ययन गर्न आग्रह गरेका थिए ।

विद्यालयमा २० देखि ६० वर्ष समूहका ६८ आमा अध्ययनरत रहेको विद्यालय सहजकर्ता रिता गर्बुजाले बताईन । विद्यालयमा आमाहरुले नेपाली विषयसहित अंग्रेजी, गणित विषय पढ्दै, लेख्दै र कम्प्युटर पनि चलाउन सिकिरहेका छन् । विद्यालय सञ्चालन गर्न गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईल्े आर्थिक रुपमा सहयोग उपलब्ध गराएको छ । दैनिक पढाइ लेखाईले पारिवार र समाजको काममा सहज भएको अनुभव अध्ययनरत दिदिबहिनीको सुनाउने गर्छन ।

 

 

 

Leave a Reply