बागलुङ नगरपालिकाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिएमसिलाई १० दिन निषेधाज्ञा  गर्न सिफारिस गरिएको छ । बागलुङ नगर क्षेत्रभित्र कोरोना संक्रमण दैनिक तीब्र गतिमा बढेका कारण कडा निशेधाज्ञा गर्न सिफारिस गरिएको हो ।

जिल्लामा रहेका कुल संक्रमितको आधा संक्रमित बागलुङ नगर क्षेत्रमै रहेका कारण चेन ब्रेक गर्नका लागि निशेधाज्ञा गर्न सिफारीस गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । कोरोना तिब्र्र रुपमा फैलनुले नयाँ भेरियन्टको कोरोना हुन सक्ने शंका पनि रहेको उनले जानकारी दिए ।

‘जिल्लाको कुल कोरोना संक्रमित मध्ये बागलुङ नगरपालिकामा मात्र कुल संख्याको आधा संक्रमित रहेको छन् , कोरोना संक्रमणको दर हेर्दा नयाँ भेरियन्ट हो कि भन्ने पनि शंका गरिएको छ । धेरै तीब्र गतिमा फैलिएका कारण नियन्त्रणमा कठिन नहोस् भनेर निशेधाज्ञा गर्ने सिफारीस गरिएको हो ।

जिल्लामा कोरोना संक्रमणको दर ह्वात्तै बढेको भन्दै मंगलबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक बस्दैछ । नगरपालिकाको सिफारिसमा आवश्यकता हेरेर निषेधाज्ञा गर्ने वा नगर्ने डिसिएमसिले निर्णय गर्नेछ ।

Leave a Reply