बेनी-मालढुङ्गा सडक आसपासका बस्तीमा रहेको गाँजा फडानी

वारीबेनी प्रहरी चौकीका प्रमुख भरत गौतमका अनुसार विभिन्न बस्तीहरुमा गई बस्तीमाहरुमा आफै उम्रिएका गाँजाका करिब १५० वटा गाँजाको बोट फडानी गरि नष्ट गरिएको हो ।

गाउँका युवाहरुले लागु औषध सेवन नगरुन र युवाहरुलाई सामाजिक कार्यमा सक्रिय बनाउने उदेश्यले सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गाँजा फडानी कार्य गरेको फड्के ढुङ्गा युवा क्लबका अध्यक्ष सुनिल सेन ठकुरीले बताउनुभयो । समाजमा सामाजिक कार्य गर्दै आएको क्लबले आगामी दिनमा पनि यस्ता कार्य गर्दै जाने बताएको छ ।