घारमा राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको वडा कमिटि गठन
राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले संगठन बिस्तार अभियानलाइ निरन्तर संचालन गरिरहेको छ । गत साउन २० गते सम्पन्न जिल्लाको पुर्ण बैठकको निणर्य अनुसार जिल्लाका पालिका तथा पालीका भित्रका वडाहरुमा संगठन बिस्तार तथा सुदृढिकरण गर्ने अभियान अन्तर्गत शुक्रबार म्याग्दीको अन्नपुर्ण गाउँपालीका ६ घारमा राष्ट्रिय युवा संघ नेपाल को ५१ सदस्यीय वडा कमिटि गठन भएको छ ।
गठित कमिटिको अध्यक्षमा अमृत गर्बुजा, उपाध्यक्षमा सुजन परियार, सचिबमा गुन्जन खड्का, कोषाध्यक्षमा दिपा पुन र सहसचिवमा गोबिन्द गर्बुजा रहनुभएको छ । त्यसैगरि वडाको इन्चार्जमा सफल खड्का, प्रचारप्रसार बिभाग प्रमुखमा गुन्जन खड्कालाइ चयन गरिएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि म्याग्दीका सचिब एबँ संगठन बिभाग प्रमुख शिशिर शाहीले बताउनुभयो । उहाँका अनुसार युथफोर्स गाउँ कमिटि अध्यक्षमा केशव खड्का र उपाध्यक्षमा सुरेन बिश्वकर्मा, बिनोद बरुवाल र राधेश्याम खड्का चयन हुनुभएको छ ।
नेकपा एमाले अन्नपुणर् गाउँपालीका कमिटि अध्यक्ष खड्ग गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालीका कमिटि सदस्यहरु मेख बहादुर खड्का, राजाराम बरुवाल, सृजना बरुवाल, कृष्ण गर्बुजा लगाएतको उपस्थिति रहेको थियो । राष्ट्रिय युवा संघ नेपाल अन्नपुणर् गाउँपालीका संयोजक सुरेश पुर्जाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गुन्जन खड्काले गर्नुभएको थियो ।

Leave a Reply