परिबर्तन, सकरात्मक मार्गदर्शन, शिक्षा, खेलकुद, स्वास्थ्य र समृद्घ राष्ट्रका लागि युवा भन्ने मुल उदेश्यका साथ गठन भएको डम्मरा युवा क्लबले शनिबार बेनी नगरपालीका ६ डम्मरा क्षेत्रमा सरसफाइ कार्यक्रम संचालन गरेको छ । क्लबका पदाधिकारीहरुले डम्मराका प्रत्यक घर वरपर र सडक छेउछाउँमा रहेका प्लास्टिक, सीसा, लगाएतका अन्य फोहोरहरु संकलन गरि ब्यबस्थापन गरेका हुन ।,

प्रत्येक पसल र घरघरमा पुगेर १८ बर्ष मुनीका बालबालीकालाइ रक्सी, चुरोट जस्ता लागुपदार्थहरु किनबेच कार्य नगराउन सम्पुर्ण अबिभाबकलाइ अनुरोध गरेको डम्मरा युवा क्लबका अध्यक्ष बिशाल खत्रीले जानकारी दिनुभयो । अध्यक्ष खत्रीका अनुसार डम्मरामा साँझ ५ बजे भन्दा अगाडी रक्सी बेच्न र सेवन गर्नमा पुणर् रोक लगाइएको छ । साथै आफ्नो घर वरीपरीको वातावरण सफा राख्न र घरबाट निस्कने फोहोरलाइ उचित ब्यबस्थापन गर्नका लागि पनि अनुरोध गरिएको छ ।

क्लबले यस अघि कोरोना भाइरस नियन्त्रणका लागि डम्मराका बासिन्दालाइ मास्क बितरण गरिसकेको छ । शैक्षिक गतिबिधि अन्तर्गत डम्मरामा पुस्तकालय स्थापना गर्ने लक्ष लिएको यस क्लबले स्वास्थ्य सम्बन्धी गतिबिधिहरु निरन्तर गर्ने, सामाजिक र खेलकुद क्षेत्रमा युवाहरुलाइ सत्रिय बनाइराख्ने र लागुपदार्थ दुर्बेसन नियन्त्रण र सामाजिक बिभेद न्युनीकरणका लागि जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने योजना बनाएको क्लबका सचिब तेजिन क्षेत्रीले बताउनु भयो ।

त्यसैगरि डम्मरा घर भइ हाल जापानमा रहनुभएका दिपक केसीले रु १५ हजार बराबरको जर्सी क्लबलाइ सहयोग प्रदान गर्नु भएको कोषाध्यक्ष सुरज खत्रीले जानकारी दिनुभयो । गत साउन २३ गते डम्मराका सम्पुणर् युवाहरु सहभागी भइ बिशाल खत्रीको अध्यक्षतामा क्लब गठन गरिएको थियो ।

२०७८ साउन ३० गते साँझ ७ बजे अमित बिश्वकर्मा

Leave a Reply