नेकपा माओवादी केन्द्र निकट योङ कम्यूनिष्ट लीग नेपाल (वाईसीएल) बेनी नगर कमिटिको अध्यक्षमा नविन पौडेल सर्वसम्मत चयन भएका छन् । वाईसिएलको तेस्रो नगर सम्मेलनले पौडेलको नेतृत्वमा २९ सदस्य नगर कमिटि चयन गरेको हो ।

शनिबार बेनीमा भएको तेस्रो नगर सम्मेलनबाट कमिटिको उपाध्यक्षमा नवराज भण्डारी, सचिवमा विवेक केसी, कोषाध्यक्षमा सुस्मिता विक रहेको नेतृत्व चयन गरिएको वाईसिएल जिल्ला अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो । कमिटिको सदस्यमा सन्दिप न्यूउरे, मोहनकुमार रोकामगर, मनोज खत्री, रिजन खत्री, कृष्ण छन्त्याल, केदार शर्मा, सुजन केसी, आस्था ढुङ्गना, सुस्मिता भण्डारी, हरिकृष्ण खत्री, टिकाराम खत्री लगायत रहेको नगर कमिटि गठन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्र म्याग्दीका अध्यक्ष गोबिन्द पौडेल, गण्डकी प्रदेश कमिटि सदस्य एवम् प्रदेशसभा सदस्य बिनोद केसी, सचिवालय सदस्य सुविन जुग्जाली, बेनी नगर कमिटि अध्यक्ष शेरबहादुर केसी लगायतका नेताहरुले नयाँ नेतृत्वलाई बद्याई दिदै अविर र खादाले सम्मान गर्नुभएको थियो ।

नगर सम्मेलनलाई सम्वोधन गर्दै प्रमुख अतिथि नेकपा माओावादी केन्द्रका अध्यक्ष गोविन्द्र पौडेलले युवाहरु एकजुट गराएर अघि बढ्न नयाँ नेतृत्वलाई आग्रह गर्नुभएको थियो । उहाँले नयाँ नेतृत्वले नगरपालिकाको वडा–वडामा संगठन निर्माण गरेर पाटीको सहायक संगठनलाई बलियो बनाउनुपर्ने बताउनुभयो । संगठन निर्माणसंगै पाटीको एजेण्डा, आन्दोलन, संघियता, समावेशीको बारेमा वडाको टोलटोलमा पुगेर जनतालाई बुझाउन जिल्लाका नेतृत्वहरु प्रतिवद्ध हुनुपर्ने बताउनुभयो । संबिधानसभाका सदस्य समेत रहनुभएका पौडेलले देश माओवादीको एजेण्डामा चलेको बताउदै प्रतिगमनलाई नेतृत्वबाट वाईसिएलको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो ।
त्यस्तै प्रदेश सदस्य विनोद केसीले पाटी निकट भातृसंगठनले संगठन विस्तारसंगै पाटीको सिद्धान्त र ऐजण्डालाई कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नुभयो । त्यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य रेशम जुग्जाली (सुविन) ले संगठनलाई सुदृढीकरण गर्दै आगामी स्थानीय तह निर्वाचनको तयारीमा लाग्न युवा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । वाईसिएल जिल्ला अध्यक्ष सन्दिप खत्रीले जिल्लाका सबै स्थानीय तहमा पुगेर वाईसिएलको संगठन निर्माण गरेर संगठनलाई बलियो बनाउने बताउनुभयो । उहाँले नगरको नयाँ नेतृत्वले वडा–वडामा संगठन निर्माणलाई जोड दिन आग्रह गर्नुभएको थियो । नेकपा माओावादी केन्द्र बेनी नगर कमिटी अध्यक्ष शेरबहादुर केसी र अनेरास्ववियू क्रान्तिकारी म्याग्दीका संयोजक रेशम केसीले शुभकामना मन्तव्य राखेका थिए ।

वाईसिएल बेनी नगर कमिटिका संयोजक विज्ञान खत्रीको अध्यक्षता, नगर इन्चार्ज किसान विश्वकर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सह–संयोजक नारायण पौडेलले गरेका थिए ।

Leave a Reply