मोवाईल चार्ज गर्ने क्रममा करेण्ट लागेर बागलुङको बाडिगाड गाउँपालिमा एक युवकको मृत्यु भएको छ । आईतबार दिउँसो फुपु नाता पर्नेको घरमा मोवाईल चार्ज गरिरहेका बडिगाड गाउँपालिका–५ का २२ बर्षिया रमेश पाईजाको करेण्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । अचानक बिधुत सटहुँदा करेण्ट प्रवाह भएपछि घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीषक बिराट शर्मा पौडेलले बताए । उनको मृत्युको खवर स्थानीले दिएपछि प्रहरी चौकी ग्वालिचौर र ईलाका प्रहरी कार्यायलय बुर्तिबाङ बागलुङको टोली घटनास्थल पुगेको थियो । मृतकको शव पोष्टमार्टम पछि परिवारको जिम्मा लगाईने प्रहरीले जनाएको छ ।

Leave a Reply