यो देश बन्दैन (फुटकर कविता)
म त शून्यताका साथ देख्छु
म त मौनताका साथ भन्छु
यो देश बन्दैन
किनकी यो देशमा
रविलाई रुवाइएको छ
राक्षसलाई हँसाइएको छ ।
महावीरलाई महामुर्ख बनाइएको छ

कुलमानलाई कुहाउन खोजीएको छ
कुलङ्गारलाई खै किन रोजिएको छ?

शिष्टचार रुदै कुर्लिएको छ
भ्रष्टाचार रमाउदै उर्लिएको छ
न्याय भन्दा अन्याय माथी छ
भ्रष्टाचारी सरकारको साथी छ
त्यसैले यो देश बन्दैन ।

कहिले दुई तिहाइको प्रधानमन्त्रीजी
कहिले फुई तिहाइको बिडारीजी
गरिबलाई आलोपालो हँसाउछन्
सत्ता भेना सालो
आलोपालो चलाउँछ ।

पापी कालाहरु लुट्न मै व्यस्त छन्
लोभी सालाहरु धुत्न मै मस्त छन्

त्यसैले नेपाल आमा
सिंह र भालु जस्ता हैन
जुठे र कालु जस्ता
बर्षे झरीमा पनि रुझ्ने छोरा देऊ
तिम्रो गरिमा पनि बुझ्ने छोरा देऊ
हुडार जस्ता गद्द्दार छोरा
गर्वमै तुहाइदेऊ ।

मनकुमार जुग्जाली
मंगला-१ , भर्जुला
शिक्षक
श्री थाइबाङ आधारभूत विद्यालय
मंगला-१, थाइबाङ म्याग्दी

Leave a Reply