मेरी आमा !                                                                यहाँ यस्तै छ

अस्त व्यस्तै छ
नर हैन राक्षसको बास छ
मानवताको सर्वनाश छ ।

बुद्धको देशमा बुद्दुहरुलाई मस्ती छ
वीरको देशमा विद्वानलाई सास्ती छ ।

आमा यहाँ,
कर्मचारीहरु कमाउँदै छन्
भ्रष्टाचारीहरु रमाउँदै छन्।
अत्याचारीहरु खुलेआम हिँड्दैछन्
चेलीनारीहरु खुलेआम लुटिदैछन् ।

आमा यहाँ,
कलाकार जुटाउँदै छन्
सरकार फुटाउँदै छन्
अधिकार लुटाउँदै छन ।

तिमीलाई आमा
गौराङ्गहरु किन्न रोजेका छन्
लफाङ्गोहरु बेच्न खोजेका छन्  । (MCC) ।

यहाँ
शोषकको चिच्याइले कलेजो जल्ने छ
शोषितको चित्कारले कलम चल्ने छ ।

धन्यवाद! नमस्कार
मंगला-१, भर्जुला, म्याग्दी
शिक्षक थाइबाङ्ग आधारभूत विद्यालय, थाइबाङ्ग, म्याग्दी ।

Leave a Reply