जेलैमा हो जेलैमा चरी जेलैमा
मै छोरी रुँदैरुँदै बेसी मेलैमा
यो गीत सार्वजनिक भएको एक हप्तामा ४० लाख भ्युज पुगिसकेको छ। गीत सार्वजनिक भएको छैटौं दिन २४ घन्टाभित्रै गीतले १० लाख बढी भ्युज पाएको छ। एकै दिनमा यतिधेरै भ्युज पाउन सफल यो गीत टिकटकमा भाइरल भइरहेको छ।
बिहे गरेर गएकी छोरीले माइती सम्झेर गाएको गीतमा महिलाको वेदना पोखिएको छ। गीत तीजको सन्दर्भमा निकालिएको हो। सामाजिक सञ्जालमा गीतले बहस पनि छेडेको छ।
‘सपना म्युजिक इन्ड्रस्ट्रिज’ नामक युट्युब च्यानलमार्फत् सार्वजनिक गीतको कोरसमा गायिका विष्णुलाई महिमा आचार्यले साथ दिएकी छन्। यस गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द-संगीत छ। Source: setopati.com














