म्याग्दी, ९ साउन । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र म्याग्दीको इञ्चार्जमा गोविन्द पौडेल चयन भएका छन् । नेकपा माओवादी केन्द्र केन्द्रिय कमिटिको बैठकले पौडेललाई म्याग्दीको इन्चार्जमा चयन गरेको हो ।
पौडेललाई जिल्ला अध्यक्षबाट बढुवा गरेर इन्चार्जको जिम्मेवारी दिएको छ । संविधान सभाका सदस्य रहेका पौडेल तत्कालि बामगठबन्धन एवम् एमाले र माओवादी मिलेर बनेको नेकपा माओवादीको जिल्ला अध्यक्ष भएको थिए । लामो समयसम्म जिल्लाको नेतृत्व गरेका पौडेल इञ्चार्ज बनेपछि पाटीको नेतृत्वमा युवापुस्ता आउने सम्भावना बढेको छ ।

Leave a Reply