म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीका लागि स्वागत कार्यक्रम सम्पन्न भएको छ । गत शैक्षिक सत्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरी कक्षा ११ अध्ययन गर्न आएका नयाँ विद्यार्थी र एसइईमा उत्कृष्ट अङ्क ल्याउनेलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी स्वागत एवं सम्मान गरिएको हो ।

एसइईमा उत्कृष्ट अङ्कसहित विद्यालय प्रथम हुने प्रकृति बानियाँलाई नगद पाँचहजार, द्वितीय हुने विद्यार्थीद्वय समिता सुवेदी र निर्मला खत्रीलाई नगद २५ सयका दरले र तृतीय दिपेश दर्जीलाई दुईहजार रुपैयाँसहित डायरी, कलम प्रदान गरी खादा र अबिर लगाएर सम्मान गरिएको थियो । यसैगरी कक्षा ११ अध्ययन गर्न आएका २५ जना नवआगन्तुक विद्यार्थीहरुलाई पनि डायरी र कलम उपहार दिई अबिर तथा खादा लगाएर स्वागत गरिएको छ ।

उत्कृष्ट विद्यार्थी सम्मानको प्रथम पुरस्कार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बानियाँले पाँचहजार, द्वितीय पुरस्कार शिक्षक अभिभावक संघका अध्यक्ष तिलकप्रसाद श्रेष्ठले चारहजार र तृतीय पुरस्कार विव्यस सदस्य श्यामप्रसाद श्रेष्ठले तीनहजार रुपैयाँ सौजन्य गरेका थिए । यसैबीच चालु शैक्षिक सत्र २०७८÷७९ का लागि कक्षा ११ मा बुधबारदेखि औपचारिक रुपमा अध्ययन समेत सुरुवात गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक संघका अध्यक्ष तिलकप्रसाद श्रेष्ठको अध्यक्षता, प्रमुख आतिथ्य विव्यस अध्यक्ष गोपाल बानियाँ र विशिष्ट आतिथ्य विव्यस सदस्य श्यामप्रसाद श्रेष्ठले गरेका थिए । कक्षा ११÷१२ संयोजक शिव बानियाँ, प्रधानाध्यापक कमलप्रसाद पौडेल र सहायक प्रअ कपिल केसीले अभिमुखीकरण कार्यक्रममा सहजीकरण गरेका थिए । कार्यक्रम कक्षा ११÷१२ सहसंयोजक फुलमाया श्रेष्ठको स्वागत र बिहानी सत्रको कक्षा ११ र १२ का शिक्षक गजिन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

पुलाचौरमा कक्षा ११ र १२ सञ्चालन गर्नका लागि जनकल्याण मावि अक्षयकोषले ५० लाख रुपैयाँ आर्थिक सहयोग सङ्कलन गरी ३७ लाख मुद्दतीमा राखेको छ । जसबाट करिब पाँचलाख रुपैयाँ व्याज वर्षेनी प्राप्त हुने गर्दछ भने विद्यालयको कोषमा ३७ लाख रुपैयाँ रहेको छ । विद्यालयमा विभिन्न कोष स्थापना गर्नेमा विद्यालयका पूर्व अध्यक्ष एवं शिक्षाप्रेमी व्यक्तित्व माधवप्रसाद रेग्मीको परिवारबाट विद्यालयका संस्थापक समेत रहेका स्व. पण्डित तारानाथ रेग्मीको स्मृतिमा २० लाख रुपैयाँको धनेश्वरी–तारानाथ अक्षयकोषबाट जेहेन्दार, विपन्न र दलित विद्यार्थीलाई छात्रवृत्ति दिने गरिएको छ ।

यसैगरी विद्यालयका पूर्व विद्यार्थी एवं शिक्षाप्रेमी व्यक्तित्व प्रा.डा. हेमराज सुवेदीले आफ्नो स्वर्गीय मातापिताको स्मृतिमा चारलाख रुपैयाँको गिरिजा–टिका फाउण्डेशन अक्षयकोषबाट उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् । त्यस्तै पूर्व प्रधानाध्यापक तथा शिक्षाप्रेमी व्यक्तित्व बमबहादुर विकबाट एकलाख ६५ हजार रुपैयाँको रुपकुमारी–बमबहादुर अक्षयकोषबाट जेहेन्दार विद्यार्थीलाई पु्रस्कृत गर्दै आइरहेको विद्यालयले जनाएको छ ।

Leave a Reply