बेनी नगरपालिका–८ कालीपुलमा आइतबार राति पहिरो खस्दा तीन जना घाइते भएका छन् । घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एक सन्तु पुन बेनी अस्पतालकै कर्मचारी हुन् । अन्य दुई जनाचाहिँ झोलामा हर्बल सामान बोकेर घुम्ती व्यापार गर्न निस्किएकाहरू हुन् । अरूको घरमा पाहुना लागेका उनीहरूको नाम खुलेको छैन । पर्वतको जलजला गाउँपालिका–४ मल्लाजको भिर भत्केर कालीगण्डकी नदीमा खस्दा बस्तीमा छाल पसेको थियो। स्थानीयका अनुसार स–साना पहिरो झर्न अझै रोकिएको छैन। पहिरो खस्ने क्रम नरोकिएको र थप जोखिम रहेकाले पुरानो कालीपुल बजारका ३० घरहरु जोखिममा रहेको टोल सुधार समितिका संयोजक  ताराप्रसाद  पुनले बताउनुभयो । मध्यरातमा अबिरल बर्षासंगै ठुलो आवाजमा पहिरो खसेपछि स्थानीयबासी भागदौड गरेर कालीपुलको माथिल्लो भागमा पुगेका थिए । स्थानीयबासीले रातभर सडकका पेटीमै आश्रय लिएका थिए।

 

Leave a Reply