नेकपा माओवादी केन्द्रको जिल्ला संयोजकमा युवा नेता रेशम जुग्जाली(सुविन) चयन हुनुभएको छ । माओवादी आन्दोलनका जुझारु युवा नेता जुग्जाली मालिका गाउँपालिका ७ बिमका वडा अध्यक्ष हुनुहु्न्छ । माओवादीको मंगलबार सम्पन्न गण्डकी प्रदेश कमिटिले जुग्जालीलाई जिल्ला संयोजकको जिम्मेवारी दिने निर्णय भएको छ।‌‌‌‌‌‌‌‌‌‌ तेसैगरी नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा गण्डकी प्रदेश इन्चार्जमा टेक बहादुर विश्वकर्मा र याेङ्ग कम्युनिस्ट लिग नेपालकाे केन्द्रीय समित सदस्य नगेन्द्र के सिलाई जिम्मेवारी दिने निर्णय भएको जिल्ला इन्चार्ज गोविन्द पौडेलले बताउनुभयो ।

Leave a Reply