निरन्तरको बर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्डका दर्जनौ ठाउँमा पहिरो गएको छ । पर्वतको मोदी गाउँपालिकाको पातीचौर देखि कुस्माबजार सम्म दर्जनौ ठाउँमा ठुलाठुला पहिरो गएका कारण यातयात अबरुद्ध भएको छ । पर्वतको कुस्मा नगरपालिका ८ दोबिल्ला र चुवामा गएका पहिरो हटाउन हप्ता दिन लाग्न सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी शिबराज बुढाथोकीले बताउनुभयो । ‘दर्जनौ ठाउँमा गएका पहिरो हटाउन दुईतर्फी रुपमा डोजर प्रयोग गर्दा पनि हप्ता दिन लाग्न सक्छ। उहाँले भन्नुभयो ‘ यातयात सुचारु गर्ने प्रयास शनिबार बिहानै देखि शुरु गछौ, बर्षा रोकियो भने केही छिटो पनि हुन सक्छ ।’
मध्यपहाडी लोकमार्गको पर्वतको कुस्मा देखि पातीचौर सम्म सडक अबरुद्ध भएपछि पर्वत, बागलुङ्ग, म्याग्दी र मुस्ताङ्गमा बाहिरी जिल्ला संगको सम्पर्क टुट्छ ।
पहिरोका कारण पोखरा बागलुङ जोडने मुख्य राजमार्ग अवरुद्ध
On: September 4, 2021 11:35 AM
