मोटरबाटोबाट पहिरो आउने डरले माधब पौडेलले डेढ बर्ष अघि बाटो माथि घर बनाउनुभयो ।
पुरानो घरमा सडकबाट पहिरो जान सक्ने आशंकाले नयाँ घर बनाउन सडक माथि गएपनि पौडेलको परिवार सुरक्षित हुन सकेन । बिहीबार राती आएको अबिरल बर्षा संगै झरेको पहिरोले पौडेलको सिंगो परिवारलाई नै उजाड बनाईदियो ।
पर्वतको कुस्मा नगरपालिका वडा नं ३ घोगेनीका माधब पौडेलको घर पहिरोले पुर्दा उहाँकी आमा, श्रीमती, दुई छोरी र एक छोराको मृत्यु भयो। बाटो तलको घर असुरक्षित ठानेर सुरक्षित ठाउँमा परिवार राखेर बैदेशिक रोजगारीमा जानु भएका माधबको परिवार संगै बस्ने सपना अधुरै भएको छ । पहिरोले पुरिएर पौडेलकी आमा ७५ वर्षीया कौशिला, ३५ वर्षीया श्रीमती भगवती, दुई छोरीहरु १६ वर्षीया विमला, ११ वर्षकी विनीता र ९ वर्षीय छोरा विनोद पौडेलको मृत्यु भएको थियो ।
सिंगो परिवार पहिरोमा पुरिएपछि पौडेल कतारबाट शनिबार घर पुग्नुभएको छ । आमा, श्रीमती, दुई छोरी र छोरा सबै गुमाउनुभएका पौडेलले परिवारको अन्तिम दर्शन गर्नुभयो। नयाँ घरमा परिवारसँग सुरक्षित भएर बस्ने उहाँको सपना अधुरै रह्यो । शर्माले वैदेशिक रोजगारीमा गएका शर्माले कतारबाट फर्किएर डेढ वर्ष अघिमात्र ५ मिनेटमाथिको घोगेनीमा घर किन्नु भएको थियो । घर सरेपछि पौडेल परिवारले सुरक्षित ठानेको थियो । तर त्यहीँ सुरक्षित ठानिएको घरमा सिंगो परिवार नै पहिरोमा पुरिने दुःखद अबस्था आएको छिमेकी प्रताप गिरीले बताउनुयो । ‘सुरक्षित ठानेर किनेको नयाँ घर नै काल बनिदियो।’ उहाँले भन्नुभयो ।


दुर्लुङ्गमा गत बर्ष जेठ ३१ गते आएको पहिरोले पनि एकै परिवारका ८ जनाको ज्यान गएको थियो । हाँडीघोप्टे बर्षाले गत बर्ष क्षति पुगेको घाउ पुरिन नपाउँदै यस बर्षपनि यसरी नै क्षति पु¥याएको छ ।
यसैगरी कुश्मा–११ पकुवामा माथिबाट आएको पहिरोले घर पुर्दा एकै घरका ३ जनाको मृत्यु भएको छ । शुक्रबार बिहानै आएको पहिरोले घर पुर्दा ७० वर्षकी डल्ली पाध्या पौडेल, उनकी बुहारी ४० वर्षीया मायाकुमारी र ३ वर्षका नाति प्रयुशको मृत्यु भएको पर्वतका डीएसपी शिवराज बुढाथोकीले बताउनुभयो । त्यस्तै कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घर पहिरोले पुर्दा पाहुना आएकी मोदी–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको मृत्यु भएको छ । यस्तै पर्वतकै मोदी–५ आम्बोटमा पहिरोले घर पुरिँदा ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ । चारवटै घटनामा पहिरोले एउटा÷एउटा घर पुरेको डीएसपी बुढाथोकीले बताउनुभयो । पहिरोमा मृत्यु भएका ११ जनाको मोदीबेणी घाटमा दाहसंस्कार गरिएको छ।
नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित भएको छ ।

Leave a Reply