म्याग्दीमा बाढीपहिरोबाट विस्थापित भएका परिवारकोे घर निर्माणमा ढिलासुस्ती भएको छ । जिल्ला प्रशासन कार्यालयले समयमै दोस्रो किस्ता उपलब्ध गराउने प्रक्रियामा ढिलासुस्ती गर्दा घर निर्माण अलपत्र बनेको हो ।

सरकारले किस्तामा उपलब्ध गराउने प्रक्रियामा ढिलासुस्ती गर्दा धवलागिरी गाउँपालिका– ७ धारापानीका दलीतबस्तीका १४ परिवारको घर अलपत्र बनेको छ। तीन तहको सरकारले मिलेर बाढीपहिरो पीडितको घर निर्माण गर्ने सहमति भएपनि पीडितको निवेदन अनुसार समयमै दोस्रो किस्ता नपाउँदा निर्माण सुरु भएका घर अलपत्र बनेको धवलागिरी गाउँपालिकाका ७ धारापानीका किरन थापाले बताए ।

बाढी पहिरो पीडितको घर निर्माणमा छिटो दोस्रो किस्ता उपलब्ध गराउन माग गर्दै स्थानीयबासी एवम् नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य खुमनाथ सुवेदी, रेशम पुन, किरण थापा र नेकपा माओवादी केन्द्र धवलागिरी गाउँपालिका कमिटिका अध्यक्ष ञामन रोकाले प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीलाई आईतबार ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउदै स्थानीय किरन थापाले समयमै दोस्रो किस्ता नपाँउदाँ धवलागिरी गाउँपालिकामा बाढी पहिरो पीडितले घर पालले ढोकेर राखेका छन् भने आर्थिक अवस्था कमजोर हुदाँ कामदारलाई ज्याला दिन नसकेको गुनासो सुनाउदै निवेदन अनुसार दोस्रो किस्ता पीडितलाई उपलब्ध गराउनका लागि पहल गरिदिन सिडिओ अधिकारीलाई आग्रह गरेका थिए ।

बाढीपहिरोबाट पीडित बनेकाहरुको घर निर्माणका लागि पहिलो किस्ता गाउँपालिकाले उपलब्ध गराएको थियो । सो किस्ताले घर निर्माण सुरु गरेपछि दोस्रो किस्ता पाउने प्रक्रियामा ढिलासुस्ती हुदाँ घर अलपत्र बनेको ताकमका खुमनाथ सुवेदीले बताए । संघले ६० प्रतिशत, प्रदेशले ३० प्रतिशत र स्थानीय सकारले १० प्रतिशत अनुदान दिएर बाढीपहिरो पीडितको घर निर्माण गर्ने सहमति घर निर्माण सुरु भएको थियो ।

धवलागिरी गाउँपालिकाको मराङ, मल्कवाङ, ताकम र धारापानीमा २०७७ असार २५ गते अविरल बर्षापछि आएको बाढी र पहिरोबाट पीडित बनेकाहरुलाई सरकारको निर्णय अनुसार पीडितले सरकारको मापदण्ड अनुसार घर निर्माण सुरु गरेका थिए ।

म्याग्दीमा धवलागिरी गाउँपालिकाबाट ३६ जना र मंगला गाउँपालिकाका १४ जना गरी ४९ जनाले दोस्रो किस्ता उपलब्ध गराउने निवेदन अनुसार जिल्ला प्रशासन कार्यालयले रकम भुक्तानीका लागि कोलेनीका पत्र पठाईसेकेको प्रजिअ अधिकारीले बताए। नयाँ सपटोएरले काम नगर्दा भुक्तानीमा ढिलासुस्ती भएको प्रजिअले जानकारी दिए ।

म्याग्दीमा गतबर्ष अविरल बर्षापछि आएको बाढीपहिरोले २४७ घरपरिवारलाई पुर्ण रुपमा क्षति पु¥याएको थियो । त्यसमध्ये ४० घर मोना आईसीसीले निर्माण सम्पन्न गरी पीडितलाई हस्तान्तरण गरिसकेको छ भने अन्य नेपाल सरकारले बनाउने भनेपनि विभिन्न प्रक्रियामा ढिलासुस्ती लम्विएको छ। गतबर्ष ८२१ घर उच्च जोखिमा रहेको तथ्याकं प्रशासनमा रहेको छ ।

Leave a Reply