बेनी अनलाइनका संस्थापक सदस्य हरि गिरीलाई मातृ शोक परेको छ । बेनी नगरपालिका ७ निवासी गिरीकी आमा ताराकुमारीको ७० वर्षको उमेरमा शनिबार निधन भएको हो ।

उहाँ केही ‌समयदेखि रोगबाट थलिनुभएको थियो । उपचारको लागि काठमाडौ जानुभएकी गिरी त्यहीबाट सिन्धुली स्थित छोरीको घरमा जानुभएको थियो । सिन्धुलीमा निधन भएकी गिरीको शव सडक मार्ग भएर दमौलीसम्म ल्याइएको थियो ।

दमौलीदेखि बेनीसम्म सिम्रिक एयरको हेलिकप्टरबाट शब ल्याइएको थियो । गिरीको आइतबारनै बेनीमा धार्मिक बिधिअनुसार दाहसंस्कार गरिएको छ ।

Leave a Reply