बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदी उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि छनौट हुनुभएको छ । सरकारले निजामती सेवा दिवसका अवसरमा १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो ।

सुवेदी देशभरबाट १० जनाले प्राप्त गर्ने उत्कृष्ट निजामती कर्मचारी पुरस्कारको लागि छनौट हुनुभएको हो । उत्कृष्ट निजामती कर्मचारी पुरस्कारको राशि जनहि एक लाख र निजामती कर्मचारी सेवा पुरस्कारको एक लाख रहेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुवेदी सहित ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । उक्त पुरस्कार विशेष समारोह आयोजना गरि प्रदान गरिनेछ ।

Leave a Reply