![](https://staticimg.nagariknetwork.com/uploads/third-party/1631010539_Pokhara-Baglung%20-Parbat%20Highway%20%20(11).jpg)
बिहीबार रातीको पहिरोले घर बगाउँदा पवर्तमै ११ जनाको ज्यान पनि गएको थियो। मध्यपहाडी आयोजनाका इन्जिनियर उज्ज्वल शर्माका अनुसार पातीचौरदेखि सदरकमुकाम कुश्मासम्मको आठकिलोमिटर दूरीभित्र २० ठाउँमा पहिरो झरेका छन्। ती मध्ये केही खण्ड त पुरै बगेको छ।
![](https://staticimg.nagariknetwork.com/uploads/third-party/1631010209_Pokhara-Baglung%20-Parbat%20Highway%20%20(1).jpg)
उनका अनुसार अहिले सडक खुलाउन विभिन्न ठाउँमा ६ वटा उपकरण परिचालन गरिएको छ । कुश्मादेखि दोबिल्लासम्मको करिब चारकिलोमिटर खण्डमा एकतर्फी रुपमा सफा गरेको भएपनि जटिल खण्डसम्म पुग्नै सकिएको छैन। सडक खुलाउन सबैभन्दा सकस पातीचौरको झयाप्लेखोलाको पहिरोमा छ।
![](https://staticimg.nagariknetwork.com/uploads/third-party/1631010262_Pokhara-Baglung%20-Parbat%20Highway%20%20(4).jpg)
झ्याप्लेखोलामा पहिरोसँगै बगेर आएको बढेमानको ढुंगा फुटाउन निकै नै सकस रहेको उनले बताए। ब्रेकर लगाएर ढुंगा फुटाउने हो भने सडक खुलाउन धेरै दिन लाग्ने भएपनि विष्फोटक पदार्थ प्रयोग गरेर ढुंगा फुटाउन थालिएको छ।
![](https://staticimg.nagariknetwork.com/uploads/third-party/1631010315_Pokhara-Baglung%20-Parbat%20Highway%20%20(5).jpg)
पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले राजमार्ग खुलाउन भरमग्दुर प्रयास गरिरहेको बताईन्। उनका अनुसार अहिले सडक खुलाउन गह्रौ उपकरण प्रयोग गरिएका छन्।
![](https://staticimg.nagariknetwork.com/uploads/third-party/1631010596_Pokhara-Baglung%20-Parbat%20Highway%20%20(8).jpg)
पर्वतमा पहिरोले क्षति गर्दा सडकसँगै विद्युत र संचार पनि अवरोध भएकोमा अहिले विद्युत र संचार केही सहज भएको छ।
![](https://staticimg.nagariknetwork.com/uploads/third-party/1631010366_Pokhara-Baglung%20-Parbat%20Highway%20%20(6).jpg)
सवारी नचल्दा धवलागिरी अञ्चलका चारवटा जिल्ला (पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङ) मा पेट्रोलियम पदार्थ अभाव हु्ने अवस्था आएको उनले बताईन्।
![](https://staticimg.nagariknetwork.com/uploads/third-party/1631010414_Pokhara-Baglung%20-Parbat%20Highway%20%20(7).jpg)
अविरल वर्षापछिको पहिरोले पर्वतमा वितण्डा मच्चाउँदा गत विहीबारदेखि धवलागिरी अञ्चालका चारजिल्ला (पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ) सम्मको यातायात सम्पर्क टुटेको थियो। पर्वतमा सेवा अवरुद्ध हुँदा त्यसको मार धवलागिरी अञ्चलका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत परेको छ।
![](https://staticimg.nagariknetwork.com/uploads/third-party/1631010467_Pokhara-Baglung%20-Parbat%20Highway%20%20(9).jpg)
यातायात सेवा अवरुद्ध हुँदा उपचारका लागि पोखरासम्म आउन पनि स्थानीयलाई समस्या परेको छ। धवलागिरी अञ्चलको मूल प्रवेशद्वार पर्वत हो। तर, अहिले पर्वत सदरमुकाम कुश्मा समेत पुग्न सकस छ। Source nagariknews.com