नेकपा एमाले म्याग्दीले शुक्रबार बेनीमा अगुवा कार्यकर्ता भेला गरेको छ ।

भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय कमिटीका सचिब पृथ्बीसुब्बा गुरुङ र स्थायी कमिटि सदस्य किरण गुरुङले पार्टी फुटाएर जानेहरुको राजनीतिक भबिष्य नभएको दावी गर्नुभएको छ । नेताद्धयले नवगठित नेकपा एकिकृत समाजवादी पार्टीप्रति लक्षित गरेर यस्तो धारणा ब्यक्त गर्नुभएको हो ।

“माधव नेपालले आत्मकेन्द्रित भएर पदका लागि बिचार, सिद्धान्त त्यागेर राजनीतिक आत्महत्या गर्नुभयो,” गण्डकी प्रदेशका पुर्ब मुख्यमन्त्री समेत रहेका गुरुङले भन्नुभयो “उहाँको कुनै राजनीतिक भबिष्य छैन । त्यो पार्टिमा भुलबस, आवेशमा आएर गएका र सनाखत गरेकाको पनि राजनीतिक मृत्यु हुन्छ ।” धेरै किसिमका लचकता र प्रयासका बावजुद पनि नेपालले कसैसँग अनैतिक सम्झौता गरेर एमालेलाई बिभाजन गरेको आरोप लगाउनुभयो ।

“पार्टी संरचनालाई २०७५ जेठ २ मा फर्काउने, महाधिवेशनसम्म दुई जना अध्यक्ष बनाउने सम्मको प्रस्ताव गर्दा पनि मान्नुभएन,” गुरुङले भन्नुभयो “उद्देश्यनै एमालेको शक्ति क्षय गराउने रहेछ । तर फुटेको पार्टिले नेपालमा मात्र नभएर बिश्वमै कहिँ कतै प्रगति गरेको इतिहाँस छैन् ।”

स्थायी कमिटी सदस्य गुरुङले नेता नेपाल बिसर्जनबादी भएको र उहाँले बनाएको पार्टीमा नलाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । “बिचार, सिद्धान्त र सहि नेतृत्व हामीसँग छ,” गुरुङले भन्नुभयो “यो पार्टी बिभाजन नभएर शुद्धिकरण हो । एमाले बलियो भएरनै पाँच वटा पार्टीले गठबन्धन गरेका हुन् । आत्तिनु पर्दैन् ।”

करिब एक÷एक घण्टा लामो भाषण गरेका नेताद्धयले अधिकांश समय नेता नेपालको आलोचना र पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रसशामा खर्चनुभयो । एमसिसीको बिषयमा प्रवेश नगरेका उहाँहरुले आफ्नो पार्टी सरकारमा रहँदा भारतीय हस्तक्षेप बिरुद्ध कडा रुपमा प्रस्तुत भएकै कारण सत्ताबाट बाहिरिन र पार्टी बिभाजन भएको तर्क गर्नुभयो ।

पछिल्लो देशको राजनीतिक घटनाक्रम, केन्द्रिय कमिटी बैठकले गरेका निर्णय, आगामी महाधिवेशनका बिषयमा कार्यकर्तालाई प्रशिक्षण गर्न र जनस्तरसम्म पार्टीको धारणा लैजान भेला आयोजना गरेको एमाले म्याग्दीका सचिब बालकृष्ण सुबेदीले बताउनुभयो ।

जिल्ला, पालिका, वडा तह, जनबर्गीय संगठनको नेता र एमालेबाट निर्बाचित जनप्रतिनिधीहरुको सहभागिता रहेको भेलामा प्रदेश कमिटि सदस्य नवराज शर्मा, बागलुङ जिल्ला कमिटिका अध्यक्ष इन्द्रलाल सापकोटा, म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायतले सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply