tftf]kfgLdf g'xfpFb} la/fdL DofUbLsf] tftf]kfgL s'08df g'xfpFb} pkrf/ ug{ cfPsf la/fdL . oxfF Ps xKtf;Dd b}lgs tLg 306f 8'a]df 5fnf tyf xf8 / g;f;DjGwL /f]u lgsf] x'g] hgljZjf; /x]sf] 5 . Tf:jL/ M w'|a;fu/ zdf{, a]gL -DofUbL_, /f;;

कोरोना (भाइरस)को दोस्रो लहरको महामारी फैलिएपछि बन्द भएकाे प्राकृतिक तातोपानीका कुण्डहरु असोज १ गते देखि खुल्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय मा सोमबार बसेको कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले गत बैशाख दोस्रो हप्तादेखि बन्द तातोपानीका कुण्ड खुलाउने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले कोभिड–१९ सम्बन्धी सुष्म योजना र ‘स्मार्ट लकडाउन’को अवधारणा अनुसार तातोपानी कुण्ड खुलाउने निर्णय गरिएको जानकारी दिनुभयो । जिल्लाबासीका लागि सर्त पालना गरेर स्नानका लागि खुलाउने निर्णय भएको छ ।

कोरोना बिरुद्धको खोप लगाएको १० दिन नाघेका र ७२ घण्टाभित्रको पिसिआर तथा एन्टिजेनको नेगेटिभ रिपोर्ट भएका जिल्लाबासीलाई तातोपानीमा स्नान गर्न दिइने भएको छ । बेनी नगरपालिकाको सिंगा, अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग, रातोपानी, सेकार्कु, रघुगंगाको दर्मिजा, धवलागिरीको बगर र गुर्जामा प्राकृतिक तातोपानीका कुण्डहरु रहेका छन् ।

सिंगा तातोपानी कुण्ड ब्यवस्थापन समितिले नगरपालिका र प्रशासनमा कुण्ड खुलाउन माग गरेर निवेदन दिएका थिए । धार्मिक स्थल, मठमन्दिरहरुमा पुजाआजा र पर्यटकीय स्थलमा भ्रमण खुलाउने निर्णय गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ ।

म्याग्दी कोरोनाका सक्रीय संक्रमितको संख्या ५० जना भन्दा कम छ । ४५ मध्य ३० वटा वडामा कोरोना संक्रमित छैनन् । रेडजोनबाट ग्रिनजोन बनेको छ । हालसम्म जिल्लाभर तीन हजार २४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको पछिल्लो तथ्याङ्क छ ।

Leave a Reply