नेकपा माओवादी केन्द्रको मंगला गाउँपालिका कमिटीको सोमबार बाबियाचौरमा सम्पन्न दोस्रो बिस्तारित बैठकले बिभागहरु गठन गरेको छ ।

गाउँपालिका कमिटीका अध्यक्ष यामबहादुर रोकाको अध्यक्षता, प्रदेश कमिटी सदस्य टेकबहादुर बिक र जिल्ला कमिटीको सचिवालय सदस्य चन्द्रप्रसाद बुढाथोकीको उपस्थिति र सचिब कुलप्रसाद पुनको सञ्चालनमा बैठक बसेको थियो ।

बैठकले पार्टीका कामलाई प्रभावकारी बनाउन बिभागहरु गठन गरेको नेताहरुले बताएका छन् । यामबहादुर रोकाको संयोजकत्वमा कुलप्रसाद पुन र पृथिलाल बिक सदस्य रहेको संगठन, मोतिलाल पौडेलको संयोजकत्वमा राजकुमार पाण्डे र मनप्रसाद कडेल सदस्य रहेको आर्थिक बिभाग गठन भएको छ । माओवादी नेताले बस्ती-बस्तीमा गएर संगठन विस्तार गरि मंगलामा पहिलो शक्ति बन्ने घोषणा गरेका छन्।

महिला बिभागको इञ्चार्जमा मनमाया चोचाङ्गी, दलित मोर्चाको इञ्चार्जमा उमेश बिक, पृथिलाल बिकको संयोजकत्वमा प्रचार तथा सञ्चार, यामबहादुर रोकालाई शिक्षक बिभागको इञ्चार्ज र अर्जुन शाहीलाई वाइसीएलको इञ्चार्ज चयन गरिएको छ ।

रिक्त पदमा पदपुर्ति गरेर पालिका कमिटीलाई ५१ सदस्यीय बनाएको बैठकले सदस्यता नबिकरण, वडा र टोल स्तरमा संगठन पुनर्गठन, जनवर्गिय संगठनको भेला, बैठकलाई तिब्रता दिने निर्णय गरेको छ ।

Leave a Reply