स्पेनका ८२ वर्षीय नागरिक संसारकै सातौं अग्लो धौलागिरी हिमालको आरोहणका लागि धवलागिरी ‘बेसक्याम्प’ पुगेका छन् ।    संसारको सातौं अग्लो धवलागिरि प्रथम (८,१६७ मिटर) आरोहण गर्न ८२ वर्षीय स्पेनी पर्वतारोही कार्लोस सोरिया फोन्टेन बेस क्याम्प पुगेका हुन् । संसारका ८ हजार मिटर अग्ला सबै १४ वटा हिमाल आरोहण गर्न ६० वर्षदेखि नै निस्किएका उनी धवलागिरि आइपुगेका हुन् । यो सिजनमा पूर्णिमा श्रेष्ठ, माया शेर्पा गरी चार नेपाली महिलासहित ४० जना धवलागिरि आरोहण क्रममा छन् । कार्लोस र नेपाली महिला आरोही सेप्टेम्बर १३ मा म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौरबाट हेलिकोप्टरमा धवलागिरिको सबैभन्दा तलको इटली क्याम्प उत्रेका हुन् । धवलागिरि पदमार्गमा पर्ने बेनी–दरबाङ सडकको मालिका–६ मा पहिरोले यातायात अवरुद्ध भएपछि पर्वतारोही र सामग्री हेलिकोप्टरबाट बेसक्याम्प पुर्‍याइएको हो ।  उनी ८ हजार ५० मिटर उचाइसम्म पुगे तर ११७ मिटरमाथि पुग्न नसक्दा चुचुरो टेक्ने सपना अधुरै छ । यसपटक भने सफल हुनेमा उनी विश्वस्त रहेका छन् ।
सबैभन्दा बढी उमेरका पर्वतारोहीको कीर्तिमान राख्ने अभियानमा रहेका उनले धवलागिरीबाहेक तिब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ । उनले धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका थिए ।उनले ७५ वर्षको उमेरमा कंचनजंघा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । ६२ वर्षको उमेरमा सगरमाथा शिखरमा पाइला चुम्न सफल भएका थिए । नेपाल, पाकिस्तान र चिनमा रहेका ८ हजार मिटर माथिका १४ हिमाल छोटो समयमा आरोहण गरी म्याग्दीमा निर्मल पूर्जाले कीर्तिमानी कायम गरेका छन् ।

Leave a Reply