बेनी नगरपालिका–४ सिंगाको सोतामा शुक्रबार नेकपा माओवादी केन्द्र र वाइसीएलको टोल कमिटी गठन भएको छ।

सोमबहादुर आलेको अध्यक्षतामा माओवादीको २१ सदस्यीय र बलबहादुर आलेको अध्यक्षतामा वाइसीएलको १५ सदस्यीय टोल कमिटी गठन भएको हो । माओवादीको टोल कमिटीको उपाध्यक्षमा लालबहादुर रोका, सचिबमा गंगादेबी रोका थापामगर र उपसचिबमा धनबहादुर गौचन रहनुभएको छ ।

वाइसीएलको उपाध्यक्षमा आकाश थापा, सचिबमा सोनम (केरार) थापा, उपसचिबमा मनिष रोका (प्रेम) र कोषाध्यक्षमा कुशुम रोका चयन हुनुभएको छ । थामडाडा टोल कमिटीका अध्यक्ष राजु गुरुङको अध्यक्षता, माओवादीको वडा कमिटी अध्यक्ष अणबहादुर खड्का (भगवान)को प्रमुख आतिथ्यतामा भएको भेलामा वाइसीएलका वडा अध्यक्ष केन खत्री लगायतको उपस्थिति रहेको थियो ।

सिंगामा माओवादीले वडाका सबै टोलमा पार्टी र जनबर्गीय संगठन पुर्नगठनलाई तिब्रता दिएको छ । यसअघि गत हप्ता सुर्केमेलामा टोल कमिटी बनाएको थियो ।

Leave a Reply