????????????????????????????????????

नेपाल मगर संघ बेनी नगरपालिका–४,सिंगा वडा इकाई अध्यक्षमा कृष्ण बहादुर घर्ति मगर चयन हुनुभएको छ । शुक्रबार तातोपानीमा सम्पन्न सातौ अधिवेशनबाट घर्ति मगर अध्यक्षमा चयन हुनुभएको हो।कार्यसमितिको उपाध्यक्षमा चित्र बहादुर गर्बुजा ,सचिवमा कौप्रसाद बुढाथोकी, कोषाध्यक्षमा खिरमाया पुन,सहसचिवमा बलबहादुर श्रीस मगर तथा सदस्यहरुमा हिरामति थापा ,अनिता घर्ति ,शुसिला पुन,बलबहादुर घर्ति,खरिमाया पुन ,खमिसरा रोका,अस्मिता थापा र लालबहादुर रोका मगर चयन हुनुभएको छ ।

त्यसैगरी सल्लाहकारमा टेकबहादुर फगामी ,पालमति जुग्जाली , मनबहादुर रोका ,टेक बहादुर पुन र प्रेम श्रीस मगरलाई चयन गरिएको छ । सोही अवसरमा मिना गर्बुजाको संयोजकत्वमा पाँच सदस्य सांस्कृतिक संघ उपसमिति गठन गरिएको छ । कार्यक्रममा नेपाल मगर  संघ जिल्ला समन्वय समितिका सदस्य तथा मगर संघ बेनी नगरपालिका–८ वडा इकाई अध्यक्ष हिराबहादुर पुनले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई बधाई दिनुभयो ।

उहाँले विभिन्न ठाउँमा छरिएर रहेका मगर समुदायहरु एक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मगर समुदायका लोपोन्मुख भाषा,कला र संस्कृतीको जगेर्ना र संरक्षण गर्न सबैले चासो दिनुपर्नेमा जोड दिनुभयो । मगर समुदायको बाहुल्यता भएपनि रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता र शैक्षिक चेतनाको कमिका कारण राज्यको हरेक निकायमा पछाडि परेको उहाँको  भनाई थियो ।

मगर समुदायका युवायुवतीहरुलाई राज्यको हरेक निकायमा सहभागिता गराउन मगर संघ ,अभिभावक, लगायत अगुवाहरुको महत्वपुर्ण भुमिका हुने उहाँले बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका पुन मगरले जारी जनगणनामा थरको पछाडी अनिवार्य मगर लेखाउन सबैलाई आह्वान समेत गर्नुभयो । उहाँले सबै पुन मगर भएकोले भ्रममा नपर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा इकाई अध्यक्ष घर्तिले मगर समुदायका लोकोन्मुख भाषा ,कला र संस्कृतिको जगेर्ना र संरक्षणका लागि आफुले वडा स्तरबाट पहल थाल्ने बताउनुभयो । निवर्तमान अध्यक्ष टेकबहादुर फगामीले बधाई तथा शुभकामना दिनुभयो । कार्यक्रममा मनबहादुर रोका मगरले बोल्नुभएको थियो । निवर्तमान अध्यक्ष फगामीको अध्यक्षता , कार्यक्रम संचालन निवर्तमान सचिव मिना गर्बुजा र कौप्रसाद बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वडा सदस्य खडानन्द कंडेल लगायतको उपस्थिती रहेका थियो । सोही अवसरमा प्रमुख अतिथि पुनले वडाई समितिलाई पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।

Leave a Reply