---Advertisement---

सडक पहुँच नहुँदा खच्चडबाट खाद्यान्न ढुवानी, महँगीको मारमा गुर्जावासी

On: September 19, 2021 6:31 PM
Follow Us:

धवलागिरी गाउँपालिका–१ गुर्जामा सडक सुविधा नपुग्दा खच्चडमा बोकाएर दैनिक खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ।  जसका कारण यस क्षेत्रका बासिन्दाले चर्को मूल्यमा खाद्यान्न खरिद गर्दै आएका छन्।

चर्को शुल्क तिरेर खच्चडबाट ढुवानी गर्दा गुर्जाबासीले दोब्वर मूल्यमा दैनिक उपभोग्य बस्तु खरिद गर्दै आएको वडा नम्बर १ का अध्यक्ष झकबहादुर छन्त्यालले बताए। सदरमुकाम बेनीदेखि गाउँपालिका केन्द्र मुनासम्म पुग्न सवारीसाधनमा ४ घण्टादेखि ७ घण्टासम्म लाग्छ।

सडक पहुँच वडा नम्वर २ समम मात्र छ। तर, बर्खायामको समयमा त्यहाँसम्म पनि सवारी साधन आउँदैन। त्यहाँबाट पैदल यात्रामा गुर्जा आउन ७ घण्टादेखि ९ घण्टासम्म लाग्छ। खच्चडले गाउँपालिकाको केन्द्र मुनाबाट खाद्यान्नहरु गुर्जामा एक दिनमा पुर्‍याउँछ।

धु्रबसागर शर्मा

धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।