नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुको गण्डकी प्रदेश कमिटीको संयोजकमा प्रकाश पौडेल भएका छन् ।

केन्द्रीय सचिबालयको पूर्ण बैठकबाट गण्डकीको संयोजकको जिम्मेवारी पौडेललाई तोकिएको हो ।

अनेरास्ववियु म्याग्दीका पूर्व जिल्ला अध्यक्ष समेत रहेका केन्द्रीय सचिबालय सदस्य पौडेललाई स्थायी कमिटी सदस्य तथा प्रदेश संयोजकको जिम्मेवारी दिएको हो ।

प्रदेश संयोजकको जिम्मेवारी प्राप्त गरेसंगै पौडेलले बिपत्तिमा सेवा अनि बिभेदमा बिद्रोह त्यसैको जगमा बलियो संगठन निर्माण गर्ने बताएका छन ।

उनले प्रदेशमा संगठनको कामलाई थप गतिशिल बनाउन सक्रिय हुने बताए ।

१२ बर्षकै उमेरदेखि नै अनेरास्ववियुको प्रारम्भीक कमिटीको अध्यक्ष हुदै जिल्ला कमिटीमा प्रवेश गरेका उनले विद्यार्थी राजनीतिको यात्रा सुरु गरेका थिए ।

अनेरास्ववियुको ३ कार्यकाल जिल्ला सदस्य हुँदै २०७१ साल पौषमा सम्पन्न जिल्ला अधिवेशनबाट २० बर्षकै उमेरमा जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । २०७२ मा भएको अनेरास्वबियुको राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

म्याग्दी जिल्ला भित्र सामाजिक कार्यमा, विपत् व्यबस्थापनमा अग्रणी भुमिकामा रहेर जिल्लाभर लोकप्रिय मानिएका उनी देशभरका अनेरास्वबियु विद्यार्थी माझ लोकप्रिय मानिन्छन् । तराईमा हावाहुरीका कारण बस्ती उडाउँदा भोलिपल्ट नै पौडेल आफ्नो नेतृत्वको टिमसहित तराई पुगेर उद्धारमा खटिएका थिए ।

अनेरास्वबियुमा पछिल्लो समय पुर्नगठनको मागसहित पौडेलले सामाजिक सन्जालमा आवाज उठाएसंगै अनेरास्वबियु नेतृत्व हस्तान्तरण तर्फ अगाडी बढाउन चर्को दवाब सामाजिक सन्जाल मार्फत परेको थियो ।

उक्त बैठकले अनेरास्ववियूको नेतृत्व परिवर्तन सहित जिम्मेवारी हेरफेर समेत गरेको छ । Source ganthan.com

Leave a Reply