Nepal - Jomsom-Muktinath-Kagbeni by Jeep PhotoCredit: fotoSwiss.com/cattaneo

हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ । कोरोना महामारीका कारण बन्द रहेको मन्दिर सर्वसाधारणका लागि खुला गर्ने निर्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । मंगलबार प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले संक्रमण दर न्युन रहेको भन्दै मन्दिर खुला गर्ने निर्णय गरेको हो । यस अघी गत बैशाखदेखि मन्दिर निरन्तर बन्द रहेको थियो ।
जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार आसोज १० गतेदेखि मन्दिर सबैका लागि खुला हुने मुक्तिनाथ विकास समितिले जनाएको छ । बैठकले मुस्ताङ प्रबेश गर्ने कर्मचारीको लागि भने अझै कडा नियम लगाएको छ । कोरोना परीक्षण गरेको पिसीआर रिपोर्ट वा एन्टिजिन रिपोर्टका आधारमा मात्रै जिल्ला प्रबेश गर्न पाउने व्यवस्था गरिएको छ । पिसीआर गरेको ७ दिन र एन्टिजिन गरेको ७२ घण्टा भीत्रको रिपोर्टका आधारमा मात्रै जिल्ला प्रबेश दिईने निर्णय भएको छ । कोरोना खोप लगाएका कर्मचारीले सहज प्रबेश पाउनेछन् । सर्वसाधारणको लागि समेत सोही अनुसार गर्ने निर्णय भएको पत्रकार निरज थकालीले बताए ।

Leave a Reply