नेपाली काँग्रेसको बेनी नगर समितिको अधिवेशनमा विक्रम बोगटी नेतृत्वको प्यानल घोषणा भएको छ । बुधवार बेनीमा आयोजित उमेद्वार घोषणा कार्यक्रममा सभापतिमा युवा नेता विक्रम बोगटीसहित उम्मेदवारहरुको प्यानल घोषणा गरेका हुन ।

विद्यार्थी राजनीतिबाट आएका बोगटीको नेतृत्वको समूहबाट उपसभापतिमा हरिप्रसाद पौडेल, मानकाजी घिमिरे, सचिबमा ज्ञानेन्द्रकुमार श्रेष्ठ, रणबहादुर शाही, सहसचिबमा शान्ति शर्मा पौडेल र शानिमयाँ कार्कीलाई अघि सारिएको छ । बोगटी नेतृत्वको प्यानललाई आगामी सातौँ जिल्ला अधिवेशनमा पार्टी सभापतिको लागि उम्मेदवार बन्न लाग्नुभएका संविधान सभा सदस्य रेशमबहादुर बानियाँको समूहले समर्थन जनाएका छन् । वर्तमान नगरसभापति अनोद श्रेष्ठले समेत बोगटी नेतृत्वको टिमलाई समर्थन जनाएका छन् ।

उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै नगरसभापतिका प्रत्यासी बन्नुभएका युवा नेता बोगटीले म्याग्दी काँग्रेसका अग्रज नेताहरुको साथ, सहयोग र समर्थनमा युवाहरुको नेतृत्व स्थापित गर्ने गरि सबै क्षेत्रलाई समेटेर उम्मेदवारहरु तय गरिएको बताए । उनले कांग्रेसको मुल्य, मान्यता, इमान र निष्ठाको राजनीतिलाई स्थापित गराउन आफ्नो समूहले उम्मेदवार तय गरेको बताए । कार्यक्रममा बेनी नगरपालिकाभित्र रहेका १० वटा वडा मध्ये ९ वटा वडाका वडा सभापतिहरुको उपस्थिति रहेको थियो ।

काँग्रेस नगरसभापतिमा यस अघि बेनी नगरपालिका-९ घतान निवासी निर्माण व्यवसायि समेत रहनुभएका रविन्द्र कार्कीले समेत नगरसभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। वडा अधिवेशन सम्पन्न गरेको कांग्रेसले असोज ९ गते हुने गाउँ/नगर अधिवेशन पुर्व उम्मेद्वारी घोषण गरेका छन् ।

Leave a Reply