अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

बगरफाँटको धारामा तीन महिनापछि पानी

On: September 24, 2021 9:23 AM
Follow Us:

बेनी नगरपालिका–२ बगरफाँटमा जेठ अन्तिम साता बाढी र पहिरोले क्षति पुगेको खानेपानी सञ्चालनमा आएको छ।

खानेपानीको मुहान र पाइपालनमा क्षति पुगेपछि बगरफाँटका २०८ घर परिवार तीन महिनादेखि खोला र कुवाको दुषित पानी पिउन बाध्य थिए।

बगरफाँट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र स्थानीय वासीले एक सातासम्म मर्मतसम्भार र मुहानको सरसफाइ गरेपछि बिहीबारदेखि गाउँका २८ वटै धारामा खानेपानी आएको स्थानीय गोपाल शर्माले बताए।

यसबीच सामान्य मर्मत गरेर केही दिन खानेपानी आए पनि लगातारको वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर पाइपमा क्षति पुर्‍याएपछि बगरफाँटमा खानेपानीको हाहाकार हुँदै आएको थियो।

२०६९ सालमा बेनी नगरपालिका–३ भकिम्ली र बेनपा–२ ज्यामरुककोटको सीमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ वटा धारामा वितरण गरिएको थियो।

धु्रबसागर शर्मा

धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।