नेपाली काँग्रेसको १४ औँ महाधिवेशन र सातौँ जिल्ला अधिवेशनमा बेनी नगर कार्यसमितिको सभापति पदमा युवा नेता रबिन्द्र कार्कीले आफु सभापती सहित प्यानलको उम्मेद्धारी घोषणा गर्नुभएको छ ।

शुक्रबार नेपाल तरुण दलका नेता कार्कीले नेपाली काँग्रेसको पाटी कार्यालयमा पत्रकार सम्मेलन गरेर कार्कीले आफु सभापती सहित आफ्नो समुहका पदाधिकारहरु सहित उम्मेदवार घोषणा गर्नुभएका हो ।

कार्कीको समुहका बेनी नगरको उपसभापतिमा मनोज कार्की, गंगाबहादुर खत्री, सचिवमा झलक जिसी, संगिता श्रेष्ठ, सह–सचिवमा संगम कुमार विश्वकर्मा, पुष्पा कार्की महत रहनुभएको छ ।

‘आन्तरिक पाटी सुदृढीकरण हाम्रो जिम्मेवारी, अग्रजको होस र युवाको जोस’ सहितको नेतृत्वका लागि आफुहरुको उम्मेद्धारी भएको बताउदै कार्कीले आफुहरुको अन्तिम सम्म पनि सहमतीका लागि प्रयास गर्ने नभएमा आफ्नो समुहले बहुमतका साथ आफ्नो समुहले नेतृत्व गर्ने बताउनुभयो ।

उहाँले कसैले केही आरोप लगाउदैमा आफुहरु कमजोर नहुने र वडा सभापती सहित बहुमतका क्षेत्रीय प्रतिनिधिहरुको साथ भएकाले आफुहरुको समुहले बिजय गर्ने बताउनुभयो ।

कुनै गुट उपगुटका नेता जम्मा गुटको राजनिति नगरेको भन्दै कार्कीले वडा क्षेत्रीय प्रतिनिधि सहित काँग्रेसको नै पार्टी कार्यालयमा उम्मेद्धारी दिएको बताउनुभयो । उहाँले आफुलाई बेनी नगरपालिका १० वटा वडाको तरुण दलको समर्थन रहेको बताउनुभयो ।

कार्यक्रम नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन, नेपाल मगर संघ म्याग्दीका अध्यक्ष हिरा बहादुर पुन लगाएतको उपस्थिती रहेको थियो ।

यस अघि अर्का युवा नेता बिक्रम बोगटीले पनि नगरसभापतीमा आफ्नो प्यानल घोषणा गर्नुभएको छ ।

Leave a Reply