अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

कांग्रेस बेनी नगरपालिका सभापतिमा रविन्द्र कार्की विजयी

On: September 26, 2021 9:16 PM
Follow Us:

नेपाली कांग्रेस बेनी नगरपालिकाको सभापतिमा रविन्द्र कार्की (रवी) विजयी भएका छन् । कांग्रेस बेनी नगर कार्यसमितिको दोस्रो अधिवेशनबाट ७६ मत लिएर कार्की सभापतिमा विजयी भएका हुन् ।

जिल्ला समन्वय समितिको सभाहलमा आईतबार भएको निर्वाचनबाट सभापतिका प्रतिस्पर्धी उम्मेद्वार विक्रम बोगटीलाई आठ मतको अन्तरले पछि पार्दै कार्की विजयी भएका हुन्। प्रतिस्पर्धी विक्रम बोकटीले ६८ मत लिएका थिए।

उपसभापतिमा हरिप्रसाद पौडेलले ७३ र गंगाबहादुर खत्री ७२, सचिवमा ज्ञानेन्द्रकुमार श्रेष्ठ ८१ मत र झलक जिसीले ६७ मत, सहसचिवमा स्यानीमाया कार्कीले ८१ र शान्ति शर्मा ७५ मत प्राप्त गरेर विजयी भएको निर्वाचन अधिकृत निरञ्जनराज भण्डारीले जानकारी दिए । विजयी पदाधिकारीलाई निर्वाचन अधिकृतले प्रमाणपत्र दिएका थिए ।