खराब मौसम र हिमपातका कारण धवलागिरि हिमाल आरोहणमा गएका आरोहीहरु आधार शिविरमा पुगेर रोकिएका छन् ।
कार्लोसले मनास्लु, लोत्से, सगरमाथा, अन्नपूर्ण, मकालुलगायत नेपालका आठ हजार मिटर अग्ला १२ वटा हिमालको आरोहण गरेर विश्व कीर्र्तिमान कायम गरेका छन् । यी सबै हिमाल उनी ६० वर्षदेखि ८२ वर्षसम्मको २२ वर्षको समयावधिमा आरोहण गरेको जनाइएको छ । धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोस दुई दशकयता ११औँ पटक आरोहण गर्दा पनि धौलागिरिको शिखरमा पुग्न सकेका छैनन् ।यो सिजनमा पूर्णिमा श्रेष्ठ, माया शेर्पा गरी चार नेपाली महिलासहित ४० जना धवलागिरि आरोहण क्रममा छन् । कार्लोस र नेपाली महिला आरोही गत भदौ २८ गते म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौरबाट हेलिकप्टरमा धवलागिरिको सबैभन्दा तलको इटली क्याम्प उत्रिएका थिए ।
धवलागिरि पदमार्गमा पर्ने बेनी–दरबाङ सडकको मालिका–६ मा पहिरोले यातायात अवरुद्ध भएपछि पर्वतारोही र सामग्री हेलिकप्टरबाट बेसक्याम्प पु¥याइएको थियो । सबैभन्दा बढी उमेरका पर्वतारोहीको कीर्तिमान राख्ने अभियानमा रहेका कार्लोसले धवलागिरिबाहेक तीब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ । रासस