---Advertisement---

नेपाली काँग्रेस जलजलाको सभापतिमा पौडेल, सचिवमा जिसी बिजयी

On: September 27, 2021 7:50 AM
Follow Us:

पर्वतको जलजला गाउँपालिका नेपाली काँग्रेसको सभापतिमा इन्दुप्रकाश पौडेल बिजयी हुनुभएको छ । आइतबार मिलनचोकमा सम्पन्न निर्वाचनमा पौडलले अर्को उम्मेदवार हरिविकास जिसीलाई पराजित गर्दै विजयी हुनुभएको हो ।  भर्खर सम्पन्न मतगणना अनुसार उहाँले ८१ मत ल्याउनु भएको छ ।

जिसीले ६६ मत  प्राप्त गरी पराजित हुनुभएको छ ।  उपसभापतिमा सावित्रा खत्री ९६,शशि आचार्य ८५ सचिवमा नविन जिसीले १००,युवराज अर्मजाले ९५, सहसचिवमा रामकुमार पौडेल ६३, डम्बर विकले ६९ मत प्राप्त गरेर विजयी हुनुभएको निर्वाचन अधिकृत भवानी संकर पौडेलले जानकारी दिनुभयो । शनिबार सुरु भएको अधिवेशनले सहमतिमा नेतृत्व चयन गर्न नसकेपछि आइतबार दिउसोबाट मतदान सुरु गरिएको थियो । अन्य सदस्यहरुमा भने सहमति कायम गरी टुंगाइएको हो ।