दसैंका साइतहरू : घटस्थापना बिहान ११ : ४६ मा उपयुक्त

0

गृहमन्त्रालयले यस वर्षको वडादसैंका साइतहरू सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृहमन्त्रालयले साइतहरू सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार घटस्थापनाका उत्तम साइत बिहान ११ः४६ बजे रहेको छ । विजया दशमी एवम् टीकाको समय भने यसअघि नै सार्वजनिक गरिसकिएको छ । टीकाको उत्तम साइत १० : २ बजे छ । फूलपाती तथा तुलजाभवानी यात्रा बिहान ७ : ११ बजे र स्थिरासन बिहान ८ : ४४ बजे रहेको छ ।

Leave a Reply