महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड र शुभ महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिको संयुक्त आयोजनामा बीमासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । युवासँग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान–२०७८ अन्तर्गत सचेतनामूलक कार्यक्रम गरिएको हो ।

युवासँग महालक्ष्मी लाइफको राष्ट्रिय बीमा जागरण अभियान यही असोज २ गतेदेखि काभ्रेको धुलिखेलबाट आरम्भ भएको थियो । सोही अभियानअन्तर्गत बुधबार म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बेनी सामुदायिक माध्यमिक विद्यालयको कक्षा १२ मा व्यवस्थापन विषय अध्ययनरत १ सय ५ जना विद्यार्थीहरुलाई बीमासम्बन्धी विभिन्न विषयहरुमा सहजीकरण गरिएको छ ।

उक्त कार्यक्रममा बीमा, वित्तीय साक्षरता, आर्थिक मितव्ययीता, युवासँग महालक्ष्मी लाइफ राष्ट्रिय जागरण अभियानको उद्देश्य र जानकारी, बचत तथा सुरक्षालगायत विषयमा सहजीकरण गरिएको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बेनी शाखाले जनाएको छ । कार्यक्रमको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका बजार विभाग प्रमुख प्रशान्तराज धमला र क्षेत्रीय प्रमुख जमुना आचार्यले सहजीकरण गर्नुभएको थियो ।

सोही अवसरमा राष्ट्रिय अभियानअन्तर्गत जिल्लाका विभिन्न ठाउँका युवाहरुसँग सचेतना फैलाउने उद्देश्यले कम्पनीमा आबद्ध एजेन्सी म्यानेजरहरु संलग्न बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कार्यसमिति म्याग्दी गठन गरिएको छ । देवी जिसी अध्यक्ष रहेको नवगठित समितिले जिल्लामा युवाहरुसँग वित्तीय साक्षरतासँगै बीमा जागरण गराउने उद्देश्य रहेको जनाएको छ ।

समितिको सदस्यहरुमा विष्णु कार्की, थमसरा पुन, सोलिना किसान, राजमति पुन बुढा, मनु डगामी, पिपला पुन, रेश्मी रोका, देवी थापामगर, अम्बिका श्रेष्ठ, संगीता श्रेष्ठ, कमलकुमारी पूर्जा, विष्णु जिसी, होमदेवी खत्री, नईन्द्रकुमारी थापा, कुमारी थापा, बबी केसी, राजकुमार खड्का, निशा गर्बुजा, दिलमाया बिटालु र चिना बानियाँ रहेको धौलागिरि क्षेत्रीय प्रमुख आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै बेनी सामुदायिक माविका सहायक प्रधानाध्यापक काशिराम रेग्मीले विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गर्नु आफैमा प्रभावकारी रहेकोमा आयोजकलाई धन्यवाद दिनुभयो । उक्त कार्यक्रममा राष्ट्रिय जागरण केन्द्रीय समितिका सदस्यद्वय सृजना श्रेष्ठ र लीलादेवी थापाको उपस्थिति रहेको थियो ।

सहायक प्रअ रेग्मीको अध्यक्षता, महालक्ष्मी लाइफ इन्स्योरेन्स बेनी शाखाका प्रमुख सावित्रा खत्रीको सञ्चालन, सिनियर एजेन्सी म्यानेजर एवं इन्भेष्टमेन्ट प्रालि सदस्य देवी जिसीको स्वागतमा सम्पन्न कार्यक्रमको उद्देश्यमाथि सिनियर एजेन्सी म्यानेजर एवं इन्भेष्टमेन्ट प्रालिका अध्यक्ष दिलमाया बिटालुले प्रकाश पार्नुभएको थियो ।

Leave a Reply