म्याग्दी सदरमुकाम बेनीमा महिलाहरुको लागि निःशुल्क पाठेघर सम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ । गैरआवासीय नेपाली दिवसको अवसर पारेर एनआरएनएको महिला तथा युवा विभागको आयोजना र म्याग्दी प्रवासी नेपाली संघको समन्वयमा बेनी स्थित बेनी सामुदायिक माविको प्राङ्गढमा असोज २३ गते शनिवारका दिन शिविर आयोजना गरिएको हो ।


शिविरमा महिलाहरुको पाठेघर सम्बन्धी समस्याको उपचारसंगै स्तन क्यान्सरको समेत परिक्षण गरिने मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले जानकारी दिनुभयो । बरिष्ठ चिकित्सक र स्वास्थ्यकर्मीहरुद्धारा विरामीको उपचार हुने भएकाले अधिक महिलाहरुले उक्त शिविरबाट स्वास्थ्य परिक्षण र उपचार सेवा लिन अध्यक्ष जुग्जालीले आग्रह गर्नुभएको छ ।

Leave a Reply