विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गर्नुभएका म्याग्देली पर्वतारोही निर्मल पूर्जाले धौलागिरि हिमालमा तेस्रो पटक सफल आरोहण गर्नुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मनुभएका सेवानिवृत बेलायती सैनिक समेत रहनुभएका पुर्जाले  धौलागिरि हिमालको तेस्रो पटक सफल आरोहण गर्नुभएको हो ।
प्रतिकुल मौसमको बावजुत पनि आरोहण सफल भएको पुर्जाले सामाजिक सञ्जाल फेसबुकमा सन्देश राख्नुभएको छ । उहाँले राख्नुभएको भिडियो सामाग्रीमा हिमालको चुचुरोमा हावा चलेको र हिउँ उडेको देख्न सकिन्छ । ‘‘ हाम्रो सबै टोलीले सतप्रतिशत आरोहण सफल गरेको छ, हामी शिखरबाट पनि सुरक्षित रुपमै फर्कनु अनिवार्य छ, र हामी सक्छौँ भन्ने विश्वास छ’’– उहाँले लेखेको स्टेटसमा भनिएको छ ।
म्याग्दीकै अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट विश्व किर्तिमानीको अभियान सुरु गर्नुभएका पूर्जाले म्याग्दीमै रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण गर्ने पहिलो म्याग्देलीको रेकर्ड राख्नुभएको थियो ।
धौलागिरी हिमालमा विना अक्सिजन आरोहण गर्नुभएका पुर्जाले विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से,मकालु,च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र अन्तिममा विश्वकै चौथौ अग्लो शिशापङ् (८०२७ मि) हिमाल आरोहण गरी किर्तिमानी कायम गर्नुभएको थियो । पूर्जाले आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछ । आरोहणको क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर संसारभरी चर्चा कमाउनुभएका पूर्जाको नाममा करिब आरोहणको क्षेत्रमा आधादजर्न किर्तिमानी छन् ।

Leave a Reply