म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा भूपू विद्यार्थी संघ गठन गरिएको छ ।
२०६६ सालमा स्थापना भएको क्याम्पसमा शुक्रबार एक भेला गरेर नारायण शेरपुञ्जाको अध्यक्षमा १३ सदस्यीय भूपु विद्यार्थी संघ गठन गरिएको क्याम्पसले जनाएको छ । समितिको उपाध्यक्षमा उपाध्यक्ष ः पवित्रादेवी आचार्य, सचिवमा मनकुमार जुग्जाली, सहसचिवमा बालकुमारी खत्री,कोषाध्यक्षमा गणेश सुवेदी चयन हुनुभएको छ ।

त्यस्तै समितिको सदस्यहरुमा रामकृष्ण सुवेदी, गणेश रोका, राजकुमार पाण्डे, राधा गर्बुजा पुन, सङ्गीता नेपाली, हिरादेवी पाण्डे, जीतकुमारी सापकोटा र जनक छन्त्याल रहनुभएको छ । क्याम्पसमा गठन भएको नयाँ समितिले क्याम्पसलाई त्तब्ब् मा लैजान सहयोग गर्ने गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाले बताउनुभयो । उहाँले क्याम्पसको गुणस्तर सुधारमा पालिकाले सक्दो सहयोग गर्ने भन्दै यसका लागि सबैको तर्फबाट सकारात्मक सहयोगको लागि अनुरोध समेत गर्नुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष याम बहादुर थापाको अध्यक्षताभएको कार्यक्रममा पूर्व क्याम्पस प्रमुख नारायणप्रसाद तिवारी, मंगला गाउँपालिका वडा नं २ का अध्यक्ष धनबहादुर खाती क्षेत्रीले बोल्नुभएको थियो । क्याम्पस प्रमुख पितमबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा क्याम्पस सहायक रामचन्द्र पौडेलको स्वागत मन्तव्य र रुद्र बहादुर केसीले त्तब्ब् को बारेमा जानकारी दिनुभएको थियो ।

Leave a Reply