नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाको संयोजकमा अमर बानियाँ चयन हुनुभएको छ । निवर्तमान कार्यसमितिको समयावधि सकिएपछि केन्द्रीय कार्य समितिले बानियाँको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो ।

कार्यकारी निर्देशक उमेशप्रसाद ढकालद्धारा हस्ताक्षर गरि बानियाँलाई संयोजक तोकेको पत्र प्राप्त भएको नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाले जनाएको छ । रेडक्रसको प्रचलित विधानको दफा ३५ को १ बमोजिम तदर्थ समिति गठन गरिएको रेडक्रसले जनाएको छ । लामो समयदेखि रेडक्रस अभियानमा क्रियाशिल बानियाँ निवर्तमान जिल्ला शाखाको उपसभापति हुनुहुन्थ्यो ।


तदर्थ समितिको सदस्यहरुमा यामबहादुर चोखाल, सुरत केसी, मोतीराज शर्मा, लेखबहादुर हमाल, भीमकुमारी बुढा, विष्णुकुमारी रोका, विष्णुकुमारी गर्वुजा, कासीराम रेग्मी, नवराज पौडेल, शिब बानियाँ, सानुमायाँ गुरुङ,चिरञ्जीबी बोगटी,मनोज पौडेल, यममती रोकालाई चयन गरिएको छ । संयोजक बानियाँले संस्थाको गरिमालाई थप बलियो र गतिशिल बनाउने गरि अगाडी बढ्ने बताउनुभयो ।

Leave a Reply