नेकपा एकीकृत समाजवादी म्याग्दीले नगर र गाउँपालिका संयोजक तोकेको छ । एकीकृत समाजवादी म्याग्दीको प्रथम पूणर् बैठकले म्याग्दीको एक नगरपालिका र पाँच गाउँपालिकाको संयोजक तोकेको हो ।
नेकपा एकीकृत समाजवादी बेनी नगरपालिकाको संयोजकमा जीवन सापकोटा चयन हुनु भएको छ । त्यसैगरि अन्नपूणर् गाउँपालिकाको संयोजकमा डम्बर पूर्जा, रघुगंगा गाउँपालिकामा बमबहादुर पाइजा, मंगला गाउँपालकामा रुद्र किसान, मालिका गाउँपालिकामा अनुप गौचनर धौलागिरी गाउँपालिकाको संयोजकमा देउप्रसाद छन्त्याललाई चयन गरेको एकीकृत समाजवादी म्याग्दीका उपाध्यक्ष हेमराज शर्माले बताउनु भयो । त्यसैगरि सल्लाहकार समितिको सभापतिमा अमर बानियाँ, आर्थिक विभाग प्रमुखमा अनुप गौचन, महिला विभाग प्रमुखमा दुर्गा कार्की, कार्यालय सचिवमा रुद्र किसानलाई चयन गरिएको छ भने काठमाडौं सम्पर्क मञ्चको संयोजकमा हेमराज शर्मा, पोखरा सम्पर्क मञ्चको संयोजकमा मुक्ति पाइजा चयन हुनु भएको छ ।
त्यसैगरि बैठकले १७ सदस्यिय सचिवालय समिति समेत चयन गरेको छ । सचिवालय सदस्यहरुमा क्रमशः कृष्णकुमार विश्वकर्मा, हेमराज शर्मा, दुर्गा कार्की, जीवन सापकोटा, देवप्रसाद छन्त्याल, बमबहादुर पाइजा, डम्बर पूर्जा, रुद्र किसान, अनुप गौचन, घायलश्री, समिर गैरे, हरिकृष्ण पौडेल, फूलमाया किसान, जयन्द्र केसी, बद्री पुन, वसन्त बानियाँ, प्रदिप खत्री चयन हुनु भएको छ । पार्टी सुदृढीकरणका लागि तीन महिने अभियान समेत संचालन गरिने अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताउनु भयो । २५ गते गरिने चियापान समारोहमा विभिन्न राजनैतिक दलका प्रतिनिधि, सरकारी तथा गैह्रसरकारी संघ/संथाका प्रमुख, उपप्रमुखहरु, पत्रकार, ब्यापारी तथा शुभचिन्तकहरुलाई निमन्त्रण गरिने अध्यक्ष विश्वकर्माले बताउनु भयो ।
विश्वकर्माको अध्यक्षतामा सम्पन्न प्रथम पूणर् बैठकको सञ्चालन सचिवालय सदस्य रुद्र किसानले गर्नु भएको थियो ।

Leave a Reply