म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीलाई आइतबार एक समूहले कार्यकक्षमै दुर्व्यवहार गरेका छन् ।

दिउँसो साढे १२ बजे कार्यकक्षमा प्रवेश गरेका पाँच जनाको समुहले प्रशासकीय अधिकृतलाई कालो पदार्थ प्रहार गरेका थिए ।  दुर्व्यवहारमा संलग्न मुगुका १८ वर्षीय बिजय बिकलाई प्रत्यक्षदर्शी जनप्रतिनीधिहरुले नियन्त्रणमा लिएर प्रहरीलाई

प्रहरीका अनुसार घटनास्थलमा नेत्रबिक्रम चन्द् नेतृत्वको (नेकपा) निकट राष्ट्रिय युवा संगठनको सहयोग रसिद भेटिएको छ । एक थान मोवाइल सेट, घडी लगायतका कागजात र सामग्री बरामद भएको प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले बताए । घटनामा संलग्नलाई कानुनअनुसार कारबाही गरिने प्रनाउ राईले बताए।

कार्यकक्षमै दुर्व्यवहार हुँदा वडा न. ७ का अध्यक्ष राजेन्द्र श्रेष्ठ र ९ का अध्यक्ष बेलबहादुर चोखाल कार्यकक्षमै थिए । जनप्रतिनिधिले नै घटनामा संलग्नलाई नियन्त्रणमा लिएका थिए। यसअगाडि पनि विप्लवको नाममा जिल्लाभित्र चन्दा आतंक मच्चाउने गरिएको थियो।

प्रमुख प्रशासकीय अधिकृत सुबेदीले आफूलाई मागिएको चन्दा नदिएका कारण आक्रमण  भएको प्रतिक्रिया दिनुभयो ।

यस बिषयमा नेकपाका जिल्ला सेक्रेटरी शुशिला बिकले सो घटनामा आफनो कार्यकर्ता र संगठनको संलग्नता नभएको बताइन्  । ‘उनको बिषयमा हामी प्रतिबन्धमा रहँदा पनि आतंक मच्चाउने गरेकाे गुनासो आएकाले  घटनामा  पार्टीको संलग्नता नरहेको बिककाे भनाइ छ।

Leave a Reply