बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीमाथि भएको दुर्व्यवहारप्रति सर्वत्र विरोध भएको छ। अधिकृत सुबेदीमाथि दुर्व्यवहारमा संलग्नलाई कारबाहीको माग गर्दै जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत, कर्मचारी र राजनीतिक दलका नेता लगायतले  विरोध गरेका हुन् ।

जिल्लाका सबै गाउँपालिकाका प्रमखु प्रशासकिय अधिृकतले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवेदीमाथि भएको दुर्व्यवहार निन्दनीय भएको भन्दै घटना संग्लनलाई कारबाहीको माग गर्दै सोमबार प्रेस वक्तब्य निकालेका छन्। शान्तिपुणर् वातावरणमा समस्याको समाधान नगरी अनैतिक कार्यप्रति संग्लनलाई कारबाही माग गर्दै पाँच गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले सयुक्त विरोध प्रेस बक्तव्य निकाल्दै शान्तिपुणर् बाटोबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन्  ।

आइतबार दिउँसो करिब साढे १२ बजे कार्यकक्षमा प्रवेश गरेका चार जनाको समुहले प्रशासकीय अधिकृत सुवेदीलाई कालो झोलिलो पदार्थ प्रहार गरि दुव्र्यवहार गरेका थिए । विज्ञप्तीम चन्दा आतंक र धरपकडले सुरक्षा चुनौती थपेको भन्दै फरार रहेका तीन जनालाई अबिलम्ब खोजी गरि आबश्यक अनुसंधान सहित कडा भन्दा कडा कारबाहीको माग सहित बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले विज्ञप्ती सार्वजनिक गरेका थिए।

झोलाबाट डब्बामा ल्याएको मोबिल जस्तो देखिने कालो झोलिलो पदार्थ सुवेदीलाई छ्यापेर भाग्दै गर्दा उक्त घटनामा संलग्न मुगुका १८ वर्षीय बिजय बिकलाई प्रत्यक्षदर्शी जनप्रतिनीधि र कर्मचारीहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

पक्राउ परेका विकको साथमा रहेको झोलामा नेत्रबिक्रम चन्द् नेतृत्वको (नेकपा) निकट राष्ट्रिय युवा संगठनको सहयोग रसिद र उनले लगाएको पाइन्टको खल्तीमा ढुंगा समेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरामद भएको सामाग्री र पक्राउ परेका व्यक्तिबाट थप अनुसंधान प्रकृया अघि बढाईएको र घटनामा संलग्न अन्यको खोजीकार्य भैरहेको प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले बताए ।

Leave a Reply