अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

रोमानियनसहित ४ जना धौलागिरिको चुचुरोमा

On: October 15, 2021 3:15 PM
Follow Us:

एक रोमानियनसहित तीन नेपालीको टोलीले धौलागिरि हिमाल (८१६७) को सफल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक्समार्फत् गएका रोमानियाका एड्रियन लाजा, संखुवासभाका तेन्जिन शेर्पा, आङजेन्जी शेर्पा र सोना शेर्पा शुक्रबार चुचरोमा पुगेका हुन् ।

बिहान ५ : ०२ बजे उनीहरू विश्वको सातौं अग्लो हिमालको चुचुरोमा पुगेको सेभेन समिटका मेनेजर थानेश्वर गुरागाईंले बताए । तेन्जिनले एकै सिजनमा दुई पटक धौलागिरिको आरोहण गरेका हुन् । लाजा र आङतेन्जीले यही सिजन विश्वको आठौं अग्लो मनासलु (८१६३) हिमालसमेत आरोहण गरिसकेका छन् ।

यो सिजनमा सेभेन समिटबाट गएका २८ जना पर्वतारोही धौलागिरि हिमालको चुचुरोमा पुगेको गुरागाईंले जानकारी दिए