नेकपा (एकीकृत समजवादी)को म्याग्दीको जिल्ला इन्चार्जमा मुना बानियाँ र सह इन्चार्जमा गोविन्द सुवेदी चयन भएका छन् । म्याग्दी जिल्लाका इमान्दार तथा निष्ठावान पुराना कम्युनिस्ट नेता बानियाँ र सुवेदीले जिल्ला इन्चार्ज र सह इन्चार्जकाे जिम्मेवारी पाएका हुन् ।

समाजवादीको केन्द्रिय कमिटीको बैठक बसी जिम्मेवारी वाडफाँडकाे क्रममा बेनी नगरपालिकाका स्थानीय बानियाँ र सुवेदीलाई नेकपा (एकीकृत समजवादी)को म्याग्दी जिल्लाको इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी दिएकाे हो ।

सादगी ब्यक्तिको रुपमा पहिचान बनाएका बानियाँ र सुवेदी म्याग्दी जिल्लाको कम्युनिस्ट इतिहासको धरोहरको रुपमा मान्ने गरिन्छ । सेवा नै आफ्नो लक्ष्य हो भनेर आजन्म राजनीतिमा जीवन बिताएका दुबैजना लामो समय राजनीतिमा बिताएर पनि अहिलेसम्म कुनै पनि लाभको पद नलिएका नेताको रुपमा चिन्ने गरिन्छ । दुबैजना एकीकृत समजावादीको जिल्लाको नेतृत्वमा आएपछि कम्युनिस्टमा आस्था राख्ने धेरै नेता तथा पुराना कार्यकर्ताहरु एकीकृत समाजवादीमा फर्किने सम्भावना रहेको छ ।

Leave a Reply