प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनको तयारी पुरा भएको छ । महाधिवेशन तयापीका बारेमा जानकारी दिन सोमबार मोनाको कार्यालय बेनीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

सम्मेलनबाट अधिवेशनको तयारी पुरा भएको जानकारी गराइयो । महाधिवेशन आयोजक समितिका संयोजक मिम पुर्जाले कार्यक्रमको तयारी पूर्ण रूपमा सकिएको र भोलि ( मंगलबार ) बिहान ११ बजेबाट सम्मेलन सुरु हुने जानकारी दिए । मोना विश्वका विभिन्न २५ राष्ट्रमा फैलिएको भए पनि अधिवेशनमा विश्वका विभिन्न २० राष्ट्रबाट करिब २६१जना प्रतिनिधिले प्रत्यक्ष तथा भर्चुअल रूपमा भाग लिने संघका अध्यक्ष ओम नारायण जुग्जालीले जानकारी दिए ।

सम्मेलनमा प्रत्येक मोना समितिले संस्थागत २५ हजार र महाधिवेशन प्रतिनिधिबाट प्रतिव्यक्ति ३ हजारका दरले रकम संकलन गरी महाधिवेशनमा हुने खर्च जुटाइएको जानकारी दिइयो । लगातारको वर्षाको कारण ऱ्यालीमा असर पर्न सक्ने तर्फ सचेत रहँदै बर्षाको अवस्था यथावत् रहेमा ऱ्यालीलाई सामान्यरूपमा छोटो बनाइने भएको छ । प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा महाधिवेशन सम्पन्न हुने सम्मेलनमा जानकारी गराइयो ।

No description available.

म्याग्दी सदरमुकाम बेनीस्थित जिल्ला समन्वय समितिको हलमा हुन लागेको महाधिवेशनको ऱ्याली बिहान ९ बजेबाट सुरु हुने बताइयो । ऱ्याली तथा मार्चिङका जिल्ला प्रशासन कार्यालयको अनुमतिमा जिल्लाका विभिन्न संघ संस्थासँग समन्वय गरिएको संघका महासचिव विक्रम कार्कीले जानकारी दिए ।

Leave a Reply